कानपुर, 03 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री योगी आदित्यनाथले भने, आज इण्डस्ट्री र अकादमिक संस्थाहरूको सहयोगको मुद्दा शोध र नवाचारसम्म मात्र सीमित नरहेर यो सोझै रूपमा आम नागरिकहरूको जीवन स्तर, वैश्विक चुनौती तथा दिगो विकाससित जोड़िएको छ। आर्टिफिशियल इन्टेलिजेन्स, साइबर सिक्योरिटी र सस्टेनेबिलिटी जस्ता विषयहरूमाथि मन्थनले भारतलाई आत्मनिर्भर र विकसित राष्ट्र मात्र होइन, तकनिक र विकासको वैश्विक केन्द्र स्थापना गर्नमा पनि महत्वपूर्ण भूमिका निभाउनेछ।
भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) कानपुरको 'समन्वय'-बाट उद्योग-अकादमिक जुड़ाउ कार्यक्रमको उद्घाटन गर्दै बुधवार मुख्यमन्त्री योगीले भने, आज हामी जुन विषयमा भेला भएका छौं, त्यो केवल इण्डस्ट्री-एकेडमिया सहयोगको 'समन्वय' होइन जबकि सारा दुनियाँ सामु आइपरेका चुनौतीहरूसित पनि जोडिएको छ। यी चुनौतीहरूले सोझै रूपमा आम नागरिकको जीवन स्तरलाई प्रभावित पार्दछ। त्यसैले आर्टिफिशियल इन्टेलिजेन्स (एआई), साइबर सिक्योरिटी एवं दिगो विकास (सस्टेनेबिलिटी) जस्ता तीन महत्वपूर्ण स्तम्भहरूमाथि तकनिकी सत्र आयोजन हुनेछ साथै चर्चा पनि।
उनले भने, 17औं शताब्दीसम्म भारत विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था थियो। वैश्विक जीडीपीमा हाम्रो योगदान 25 प्रतिशतसम्म थियो, तर 150-200वर्षभित्रमा यस्तो के भयो जसले गर्दा यो निरन्तर घट्दै गयो र 1947सालसम्म आइपुग्दा भारतको योगदान दुई प्रतिशत मात्र रह्यो। सीएम योगीले भने, पछिल्लो एघार वर्षमा हामीले भारतलाई परिवर्तन भएको देखेका छौं। आज भारत विश्वको चौथो सबैभन्दा ठूलो अर्थव्यवस्था भएको छ भने आगामी दुई वर्षभित्रमा तेस्रो ठूलो अर्थव्यवस्था बन्ने मार्गमा अग्रसर भएको छ। आगामी दिनमा हामीलाई दोस्रो अर्थव्यवस्था बन्ने अवसर पाइनेछ। यो यात्रा आर्थिक विकास मात्र नभएर विकसित भारत अनि आत्मनिर्भर भारतको दिशामा अगाड़ि बढ़िरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा