नयाँ दिल्ली, 3 सेप्टेम्बर (हि.स.)। दिल्ली नगरनिगममा नेता सदन प्रवेश वाहीले बुधवार जन स्वास्थ्य विभागका अधिकारीहरूलाई निर्देश दिए, लामखुट्टेहरूको प्रजननको सूचना पाउनसाथ अविलम्ब छिड़काउको व्यवस्था गरियोस्।
प्रवेश वाहीले भने, यसको लागि सबै पार्षदहरूले आ-आफ्नो क्षेत्रमा लामखुट्टेको प्रजननमाथि नजर राखियोस्। पार्षदहरूले बिहान मानिसहरूसित समय साझा गरून् ताकि क्षेत्रका समस्याहरू बारे थाहा पाउन सकियोस्। उनले सबै पार्षदहरूसित नियमित जन समस्याहरूको सुनवाई गर्ने आह्वान पनि गरे। यी सबै कुरा उनले लामखुट्टे जनित रोगहरूदेखि बचाउलाई लिएर आयोजित बैठकमा भनेका हुन्।
उनले अधिकारीहरूलाई निर्देश दिए, जमिएको पानीमा टेमिफसस नामक औषधि अवश्य लगाइयोस् जसबाट लामखुट्टेहरूको प्रजननलाई रोक्न सकियोस्। उनले आरडब्ल्यूए सदस्य अनि एनजीओसित अपील गरे, उनीहरूले जमिएको पानीमा व्यक्तिगत रूपमा मट्टी तेल, पेट्रोल वा कीटनाशक हाल्न सक्छन्।
नेता सदनले भने, दिल्लीमा मनसुन चरममा छ, त्यसैले पानी जम्न नदिनको लागि सबैले मिलेर प्रयास गर्नुपर्छ। जन सहयोगगबाटै आगामी दिनमा जल जनित बिमारीहरूको रोकथाम हुन सक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा