महाराष्ट्र सरकारले ओबीसी समाजका समस्याहरूको लागि बनायो क्याबिनेटको उपसमिति
महाराष्ट्र सरकारले ओबीसी समाजका समस्याहरूको लागि बनायो क्याबिनेटको उपसमिति


मुम्बई, 03 सेप्टेम्बर (हि.स.)। महाराष्ट्रका मन्त्री गुलाबराव पाटिलले बुधवार भने, राज्यमा ओबीसी समाजका समस्याहरूलाई सुल्झाउन तथा कल्याणको लागि छ सदस्यीय क्याबिनेट उपसमिति गठन गरिएको छ। यस उपसमितिमा सत्तामा सामेल तीन वटा दलका दुई-दुईजना मानिसहरूलाई सदस्यको रूपमा नियुक्त गरिनेछ।

गुलाब राव पाटिलले बुधवार मन्त्रालयमा क्याबिनेटको बैठकपछि पत्रकारहरूलाई बताए, यो उपसमितिले ओबीसी समुदायका मुद्दाहरूको समाधान गर्नको निम्ति सुझाउ पेश गर्नेछ। राज्य सरकारले पछिल्लो केही समयदेखि नै यस्तो समिति गठन गर्नेमाथि विचार गरिरहेको थियो। मुख्यमन्त्री देवेन्द्र फडणवीसले आज क्याबिनेटको बैठकमा सर्वसम्मतिले उपसमिति गठन गर्ने निर्णय लिएका छन्। गुलाबराव पाटिलले बताए, आज जीआर तयार गरिएको छ। यस समितिको कामकाज र यसको समयावधिको बारेमा चाँड़ै निर्णय लिइनेछ।

उल्लेखनीय छ, गए मंगलवार मराठा नेता मनोज जारांगेको माग पूरा भएपछि ओबीसी समाजका नेता तथा मन्त्री छगन भुजबलले असन्तुष्टि व्यक्त गर्दै आजको क्याबिनेट बैठकमा उपस्थित भएनन्। त्यसपछि क्याबिनेटको बैठकमा यो निर्णय लिइएको हो। गुलाबराव पाटिलले भने, उनको सरकारले राज्यमा हरेक वर्गको लागि काम गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande