कोलकाता, 03 सेप्टेम्बर (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले पवित्र करम पूजाको अवसरमा आदिवासी समाजलाई हार्दिक शुभकामना दिइन्। उनले बुधवार सोशल मीडियामा सन्देश साझा गर्दै भनिन्, यो पर्व बंगाल मात्र नभएर सम्पूर्ण देश एवं विश्वभरिका आदिवासी समाजको लागि आस्था अनि सांस्कृतिक पहिचानको प्रतीक हो।
मुख्यमन्त्रीले बताइन्, राज्य सरकारले पहिला यस दिनलाई सेक्शनल होलीडे घोषणा गरेको थियो, तर पछि यसलाई स्टेट होलीडेको दर्जा दिइयो। उनले भनिन्, हाम्रो राज्यमा आजको यस पवित्र दिनलाई हामीले पूर्ण श्रद्धाले मनाइरहेका छौं। आदिवासी समाजको परम्परा एवं योगदानप्रति सम्मान व्यक्त गर्ननको लागि यसलाई राज्य अवकाश घोषणा गरिएको छ।
ममता ब्यानर्जीले यो पनि स्मरण गराइन्, आगामी 15 नोभेम्बर, भगवान बिरसा मुण्डाको जयन्तीमा पनि राज्यमा सरकारी अवकाश घोषणा गरिएको छ। यस अतिरिक्त पण्डित रघनाथ मुर्मूको जयन्ती र हूल दिवसमा पनि अवकाश घोषणा गरेर सरकारले आदिवासी समाजप्रति आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ। मुख्यमन्त्रीले भनिन्, यो निर्णय आदिवासी समाजप्रति सरकारको श्रद्धा अनि सम्मानको प्रतीक हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा