नयाँ दिल्ली, 3 सेप्टेम्बर (हि.स.)। दिल्ली विश्वविद्यालय छात्र संघ (डूसू)-को चुनाउबीच हामी बदल्नेछौं डीयू-को नारा सहित भारतीय राष्ट्रिय छात्र संगठन (एनएसयूआई)-ले बुधवार दिल्ली विश्वविद्यालयको आर्ट्स फ्याकल्टीमा सेभ डीयू मार्च- को आयोजन गऱ्यो। यसको नेतृत्व एनएसयूआईका राष्ट्रिय अध्यक्ष वरूण चौधरीले गरे। यस मार्चमा डीयूका विद्यार्थीहरूले भाग लिँदै गरिमा, समानता एवं सबै विद्यार्थीहरूको लागि अवसरको माग गरे।
एनएसयूआईका राष्ट्रिय अध्यक्ष वरुण चौधरीले विद्यार्थीहरूलाई सम्बोधन गर्दै भने, दिल्ली विश्वविद्यालय सबै विद्यार्थीहरूको लागि गरिमा, समानता एवं अवसरहरूको हकदार हो। एनएसयूआईले सशक्त ढंगमा रजस्वला अवकाश, सुरक्षित क्याम्पस, सस्तो होटल तथा निष्पक्ष छात्रवृत्तिको मुद्दा उठाउँदै आएको छ। यो लड़ाईँ त्यसबेलासम्म जारी रहनेछ जबसम्म दिल्ली विश्वविद्यालयमा सम्मान एवं न्यायको वातावरण सृजना हुँदैन। साथै यसमा कुनै पनि विद्यार्थी पछि नपरून्।
वरुण चौधरीले भने, एनएसयूआई नेतृत्वाधिन डूसु टीमले आफ्नो कार्यकालमा श्रेष्ठ कार्य गरेको छ। एनएसयूआईले पञ्जाब विश्वविद्यालयमा रजस्वला अवकाश सफलतापूर्वक लागू गरायो भने अब दिल्ली विश्वविद्यालयमा पनि लागू गराउनको लागि प्रतिबद्ध छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा