गोलकगञ्जको सोनाखुलीमा पेस्तोल जफत, पिता-पुत्र पक्राउ
गोलकगञ्जको सोनाखुलीमा पेस्तोल जफत, पिता-पुत्र पक्राउ


धुबड़ी (असम), 03 सेप्टेम्बर (हि.स.)। असमको धुबड़ी जिल्लान्तर्गत गोलकगञ्जको सोनाखुली क्षेत्रबाट पुलिसले खोजी अभियान अवधि पेस्तोलसितै पिता-पुत्रलाई पक्राउ गरेको छ। गोलकगञ्जका पुलिस अधीक्षक देवजीत कलिताको नेतृत्वमा पुलिसको एक टीमले हालाकुरास्थित सोनाखुलीको प्रथम खण्डका हामिद अली (64) उपनाम धुल्ला नामक व्यक्तिको निवासमा अभियान संचालन गऱ्यो।

पुलिसले बुधवार बतायो, गुप्त सूचनाको आधारमा भोर बिहान संचालित अभियानमा गोलकगञ्ज पुलिसले एक हस्तनिर्मित पेस्तोल जफत गरियो।घटनाको सन्दर्भमा पुलिसले हामिद अली (64) उपनाम धुल्ला र उसको पुत्र मञ्जनू अली (30) उपनाम सांचेकलाई पक्राउ गरी थानामा ल्यायो। गोलकगञ्ज पुलिसले अधिक जानकारी हासिल गर्नको लागि दुवैसित जाँचबुझ गरिरहेको छ। यी पिता-पुत्र लामो समयदेखिकै ड्रग्स तस्करहरूसित जोड़िएको आरोप छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande