उलुबेड़ियामा भयानक दुर्घटना, लरीको चपेटमा परी युवकको मृत्यु
उलुबेड़ियामा भयानक दुर्घटना, लरीको चपेटमा परी युवकको मृत्यु


हावड़ा, 03 सेप्टेम्बर (हि.स.)। जिल्लाको उलुबेड़िया थाना अन्तर्गत श्यामपुर रोडमा बुधवार बिहान भएको भयानक सड़क दुर्घटनामा एक जना युवकको घटनास्थलमै मृत्यु भयो। मृतकको पहिचान श्यामपुर निवासी शेख मनिरुल इस्लाम (28)-को रूपमा भएको छ।

प्राप्त जानकारी अनुसार मनिरुल सदा जस्तै बिहान आफ्नो पसलमा जानको लागि बाइकमा सवार भएर घरबाट हिँड़ेका थिए। बागांडा मनसातला क्षेत्रमा सड़क किनारमा थुप्रिएको माटोमा अचानक उनको बाइक असन्तुलित भएर चिप्लिएर सड़कमा लड़्यो। सोही समय 58 गेट तिरबाट आइरहेको ईँटा लादिएको लरीले उनलाई कुल्चियो जसले गर्दा उनको घटनास्थलमै मृत्यु भयो।

सूचना पाए लगत्तै घटनास्थलमा पुगेको श्यामपुर थानाको पुलिसले शवलाई उद्धार गरी उलुबेड़िया शरतचन्द्र चट्टोपाध्याय गभर्मेन्ट मेडिकल कलेज एवं अस्पतालमा पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।घटनापछि क्षेत्रमा तनाउ फैलियो, यद्यपि पछि श्यामपुर र उलुबेड़िया थानाको पुलिसले स्थितिलाई नियन्त्रण गऱ्यो।

पुलिसले दुर्घटनामा सामेल लरीलाई जफत गरेको छ, तर यसको चालक भागेको छ जसलाई पुलिसले खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande