सिलगढ़ी, 03 सेप्टेम्बर (हि.स.)। आशीघर चौकी पुलिसले चोरीको टोटो सहित दुई जना युवकहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकहरूको नाम आशु दत्ता र इन्द्र दास रहेको छ।
पुलिस सूत्र अनुसार गत 21 अगस्तको दिन नरेश मोड़ क्षेत्रबाट एउटा टोटो चोरी भएको थियो। त्यसपछि 26 अगस्तमा टोटो मालिकले आशीघर चौकीमा लिखित सिकायत दर्ता गराए। सिकायतको आधारमा पुलिसले अनुसन्धान कार्य शुरू गऱ्यो। यसै क्रममा पुलिसले गत 31 अगस्तको दिन घोघोमाली बजार संलग्न क्षेत्रबाट इन्द्र दासलाई पक्राउ गऱ्यो। इन्द्र दाससित जाँचबुझ गर्दा दोस्रो आरोपी आशु दत्तको बारेमा पत्तो लाग्यो जसलाई कानकटा मोड़बाट पक्राउ गरियो। पछि दुवैसित जाँचबुझ गरेपछि गए राति इस्टर्न बाइपास क्षेत्रबाट टोटोलाई जफत गरियो।
पुलिसले बतायो, आरोपीहरूले टोटोलाी टुक्रा-टुक्रा पारेर बेच्ने योजना बनाएका थिए। यस गिरोहको मुखिया जगन्नाथ अहिले पनि भागेको छ। आशीघर चौकी पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा