गोलाघाट (असम), 03 सेप्टेम्बर (हि.स.)। गोलाघाट जिल्लाको सरूपथार बरपथार क्षेत्रमा जंगली हात्तीले हमला गरेको कारणले एकजना महिलाको घटनास्थलमै मृत्यु भयो। यस घटनामा अर्को एकजना व्यक्ति गम्भीर रूपमा घाइते भए।
सरूपथार पुलिसले बतायो, बुधवार भोर बिहान जंगली हात्तीहरूको बथानको चपेटमा परी सरूपथार बरपथार क्षेत्रकी फुलेश्वरी देवी (78)-को घटनास्थलमै मृत्यु भयो भने बाबूल पाल (67) गम्भीर रूपमा घाइते भए।
क्षेत्रमा जंगली हात्तीहरूको बथान रहेको खबर पाउनसाथ घटनास्थलमा पुगेको वन विभागीय टीमले हात्तीहरूलाई लखेट्न लागिपरेको छ। आवासीय क्षेत्रमा भोजनको खोजीमा आएका जंगली हात्तीहरूको कारणले गाउँमा व्यापक भय व्याप्त भएको छ। पुलिसले मृत वृद्ध महिलाको शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा