पारिवारिक कलहबाट दिक्क भएर युवकले गऱ्यो आत्महत्या
पारिवारिक कलहबाट दिक्क भएर युवकले गऱ्यो आत्महत्या


सिलगढ़ी, 3 सेप्टेम्बर (हि.स)। दक्षिण पलास अन्तर्गत नतून बजार क्षेत्रमा एकजना युवकले गलफन्दामा झुण्डिएर आत्महत्या गऱ्यो। मृत युवकको पहिचान मनोज बर्मन (25)- को रूपमा भएको छ। युवकको शवलाई बुधवार बिहान झुण्डिरहेको अवस्थामा देखियो। मृतकका परिवारले आरोप लगाउँदै भन्यो, मनोजलाई आत्महत्या गर्नको लागि उसकी पत्नी र ससुरालीले बाध्य बनाएको हो।

वास्तवमा मृतकको परिवारले बताए अनुसार मनोजले लगभग दुई वर्षपूर्व प्रेम विवाह गरेका थिए। शुरू-शुरूमा सबै कुरा सामान्य चलिरहेको थियो, तर केही समय बितिसकेपछि पत्नीले मनोजलाई लिएर भाड़ाको घरमा गई। परिवारको आरोप छ, पछिल्लो 6 महिनादेखिको पत्नीले सम्बन्ध विच्छेद गर्नको लागि मनोजमाथि दबाव दिरहेकी थिई र प्रायः जसो दिनहुँ नै झगड़ा गर्थी। फलस्वरूप मनोज लगातार मानसिक दबाव तथा प्रताड़नाको शिकार भइरहेका थिए जसबाट दिक्क भएर उसले आत्महत्या गरेको हो। मृतक परिवारले पत्नी र ससुरालीविरूद्ध प्रधान नगर थानामा लिखित सिकायत दर्ता गराएको छ। अर्कोतिर पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande