शालकुमार हाटमा बाइसनको ताण्डव, घण्टौंको परिश्रमपछि नियन्त्रण गरियो
शालकुमार हाटमा बाइसनको ताण्डव, घण्टौंको परिश्रमपछि नियन्त्रण गरियो


अलिपुरद्वार, 03 सेप्टेम्बर (हि.स.)। जिल्लाको शालकुमार हाटमा बुधवार बिहानदेखि उत्पात मच्चाइरहेको बाइसनलाई वन विभागले घण्टौ परिश्रम गरेर नियन्त्रित गऱ्यो।

स्थानीय सूत्र अनुसार बाइसन गए मंगलवार अबेर रातीनै जलदापाड़ा वन क्षेत्रबाट आवासीय क्षेत्रमा पसेको भए पनि कसैले यस बारे थाहा पाएन। बुधवार बिहान स्थानीय मानिसहरूले बाइसनलाई गाउँमा घुम्दै गरेको देखे अनि वनकर्मीहरूलाई सूचित गरे। बाइसनको हमलामा धेरैजना मानिसहरू भाग्यले बचे। मानिसहरू चिच्याउन थालेपछि बाइसन स्थानीय बिपुल रायको घरमा पस्यो। तथापि घरलाई कुनै प्रकारको क्षति पुऱ्याएन। बाइसनको ताण्डवले सुपारी बगानलाई नोक्सान पुऱ्याएको छ।

वन कर्मीहरूले अपरान्ह ट्र्यांक्विलाइजरको इञ्जेक्शन लगाएर बाइसनलाई नियन्त्रण गरे। वन विभागले बतायो, बाइसनलाई पछि जंगलमा छोड़िनेछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande