कालेबुङ, 03 सेप्टेम्बर (हि.स.)। कालेबुङ जिल्लाको बोङ ग्राम पञ्चायतकी प्रधान रेजिना सादा लेप्चा प्रतिष्ठित राष्ट्रिय स्तरको ‘यशस्वी प्रधान पुरस्कार’ का लागि मनोनयन भएकी छन्। यस वर्ष पश्चिम बङ्गालबाट मात्र दुईजना प्रधानहरूको नाम राष्ट्रिय स्तरमा छनोट हुनेमा एकजना रेजिना सादा लेप्चा पनि हुनु जिल्लाको लागि गर्वको विषय बनेको छ।
आगामी 9 सेप्टेम्बरमा भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने कार्यक्रममा उनलाई सो पुरस्कारले सम्मानित गरिने छ।कालेबुङका विधायक रुदेन सादा लेप्चाले भने, बोङ ग्राम पञ्चायतकी प्रधानले यस्तो प्रतिष्ठित राष्ट्रिय पुरस्कारका लागि नामांकन हुनु सम्पूर्ण कालेबुङको गौरव हो। उनको नेतृत्व, त्याग र जिम्मेवारीको फलस्वरूप आज यो अवसर मिलेको हो।
हिन्दुस्थान समाचार / हनोक