गंगामा हाम फाल्यो युगल प्रेमीले, तीव्र प्रवाहमा विलीन, शास्त्री पुल बन्यो प्रेमकथाको साक्षी
गंगामा हाम फाल्यो युगल प्रेमीले, तीव्र प्रवाहमा विलीन, शास्त्री पुल बन्यो प्रेमकथाको साक्षी


मिरजापुर, 3 सेप्टेम्बर (हि.स.)। जिल्लाको कटरा कोतवाली क्षेत्रस्थित शास्त्री पुल गए मंगलवार एक सनसनीपूर्ण घटनाको साक्षी बन्यो। यहाँ एक प्रेमी युगलले अचानक एका-अर्काको हात समातेर गंगामा हाम फाल्यो। हेर्दा-हेर्दै गंगाको तीव्र प्रवाहमा दुवै विलीन भए।

बटुवाहरूले तुरून्त पुलिसलाई सूचना दिए। घटनास्थलमा कटरा कोतवाल वैद्यनाथ सिंह र शास्त्री पुल चौकी प्रभारी पुगे। पुलिसले गोताखोर एवं एसडीआरएफको टीमलाई बोलाएर अबेर साँझसम्म खोजी अभियान संचालन गऱ्यो, तर प्रेमी युगलको बारेमा केही पत्तो लागेन।

पुलिसले प्रेमीको ब्यागबाट प्यान कार्ड फेला पारेको छ जसको आधारमा उसको पहिचान गरिएको छ। जानकारी अनुसार 22 वर्षीय युवक कोतवाली क्षेत्रको थियो जसले गुजरातको एक निजी कम्पनीमा काम गर्दथ्यो। केही दिनअघि मात्र उ घरमा आएको थियो। भनिन्छ, दुई दिन अगाड़ि मात्र घरबाट गुजरात जानको निम्ति हिँड़ेको युवकले आफ्नी प्रेमिकासित शास्त्री पुलमा पुगेर दुवैले आफ्नो जिन्दगीलाई समाप्त गर्ने भयानक कदम उठाए।

कटरा कोतवाल वैद्यनाथ सिंहले बताए, यी दुई प्रेमी युगल आफन्त रहेको बताइएको छ। घटनापछि क्षेत्रमा नानाथरीका चर्चाहरू तीव्र भएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande