दार्जिलिङ, 03 सेप्टेम्बर (हि.स.)। जीटीए मुख्य कार्यपाल अनित थापाले आज दार्जिलिङको चौरस्तास्थित घोडा अस्तबलको भ्रमण गरे। उनको साथमा दार्जिलिङ नगरपालिकाका नगर अध्यक्ष दिपेन ठकुरी पनि उपस्थित थिए। उनीहरूले भ्रमण अवधि घोडा अस्तबल छेउछाउ प्रसस्त मात्रामा मैला फ्याकिएको पाए। थापाले स्थानीय मानिसहरू र व्यापारीहरूलाई परिसर सफा राख्ने अनुरोध गरे।
जीटीए प्रमुख अनित थापाले भने, यहाँ मैला फ्याँक्ने हामी नै हौं भनेर स्वीकार गर्नुपर्छ। तब मात्र परिसर सफा रहन्छ। जतासुकै मैला फ्याँक्ने मान्छेको आदत पुरानो हो। बिस्तारै यो हट्नेछ।
नगर अध्यक्ष दिपेन ठकुरीले भने, आज हामीले अस्तबल छेउको भ्याट (कुड़ादानी ) हटाएका छौं। त्यस ठाउँको मैला उठाउन दार्जिलिङ नगरपालिकाले अब उसो समय अनुसार नै मैला उठाउने गाडी पठाउने छ। मैला गाडी आउने समय बिहान 7 देखि 8 बजेसम्म अनि साँझ 6 देखि 7 बजेसम्म रहनेछ।
उनले बिस्तारै शहरको स्थायी कुडादानीलाई एटीएममा परिणत गर्ने योजना रहेको जानकारी गराए।
हिन्दुस्थान समाचार / हनोक