पति बन्यो सैतान, पत्नीको निर्मम हत्या गरी भाग्यो
पति बन्यो सैतान, पत्नीको निर्मम हत्या गरी भाग्यो


जलपाइगढ़ी, 03 सेप्टेम्बर (हि.स.)। पतिमाथि पत्नीको निर्मम हत्या गरेको आरोप लागेको छ। हत्या भएदेखि आरोपी पति फरार छ। आरोपीको नाम रामप्रसाद बाउली हो जबकि मृत पक्नीको नाम बिमला बाउली (45) हो। यो घटना गाजोलडोबा संलग्न क्रान्ति चौकी अन्तर्गत अपलचाद गाउँमा हिजो राति घटेको हो।

स्थानीय सूत्रहरू अनुसार, पेशाले टोटो चालक रामप्रसाद बाउली आफ्नी पत्नीको साथ अपलचाद गाउँमा बस्थ्यो। दपम्तिको एक छोरा र दुई छोरी छन्। छोरीहरूको बिहे भइसकेको छ। छोरा अन्य राज्यमा काम गर्दछ। रामप्रासदका पिता मुकुल बाउली छेवैमा अलग घऱम बस्छन्। मंगलवार अबेर राति रामप्रसादको घरको बत्ती नबलेको देखेर उसका पिता मुकुल बाउली घर गए। तब उनले बिमलाको रक्तरंजित शव देखे। यसपछि स्थानीय मानिसहरूका साथै उनले पुलिसलाई यसको सूचना दिए। खबर पाउनसाथ क्रान्ति चौकी र मालबाजार थाना पुलिस घटनास्थलमा पुग्यो र शवलाई आफ्नो कब्जामा लियो। पुलिसले शवलाई पोस्टमार्टमको निम्ति पठाएको छ। पुलिसको प्राथमिक अनुमान छ कि बिमलाको हत्या कुनै धारिलो हतियारले गरिएको हो। पुलिसले फरार आरोपी पतिलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande