मामरिङमा महिलाको शव भेटिएको घटनाको सम्बन्धमा ठूलो खुलासा, पुलिस आरोपी पक्राउ गर्न सफल
मामरिङमा महिलाको शव भेटिएको घटनाको सम्बन्धमा ठूलो खुलासा, पुलिस आरोपी पक्राउ गर्न सफल


गान्तोक, 03 सेप्टेम्बर (हि.स.)। नाम्ची पुलिसले मामरिङमा एउटी महिलाको शव भेटिएको घटनाको सम्बन्धमा ठूलो सफलता हात पारेको छ। यस घटनाको रहस्य उद्घाटन गर्दै पुलिसले आरोपी व्यक्तिलाई पक्राउ गर्न सफल बनेको छ। शुरूमा यो घटना आत्महत्या जस्तो देखिए तापनि जॉंचको क्रममा युवतीको हत्या भएको कुरा स्पष्ट भएको छ।

नाम्ची जिल्लाका वरिष्ठ पुलिस अधीक्षक कर्म जी. जेन्सापाले आज नाम्चीमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त घटनाबारे विस्तृत रूपमा जानकारी गराए। वरिष्ठ पुलिस अधीक्षक अनुसार, 31 अगस्तका दिन मामरिङ पुलिस आउट पोस्टमा स्थानीय एउटा घरको कोठाबाट दुर्गन्ध आइरहेको सूचना प्राप्त भएको थियो। कोठाबाट सोरेङ जिल्लाको गेलिङ निवासी 30 वर्षीय महिलाको शव भेटियो। महिला पहिले स्थानीय एउटा फार्मा कम्पनीमा सेक्युरिटी गार्डको काम गर्थिन र पछि काम छाडेर त्यहॉं एउटा सोनो दोकान चलाउन शुरू गरिन्।

युवतीको हातको नाडी काटिएको थियो भने पुलिसले घटना स्थलबाट एउटा ब्लेड पनि फेला पारेको थियो। प्रारम्भिक जॉंचमा पुलिसले महिलाले आत्महत्या गरेको हुन सक्ने आशंकामा अप्राकृतिक मृत्यु अन्तर्गत मामिला दर्ता गरेको थियो। तर, जॉंचको क्रममा धेरै प्रश्नहरू अघि आउन थालेपछि पुलिसले घटनालाई गम्भीरतापूर्वक लिॅंदै कारबाही शुरू गरेको उनले बताए।

वरिष्ठ पुलिस अधीक्षक जेन्सापाले अझ बताए अनुसार, घटनाको जॉंच गर्दै जॉंदा 29 अगस्तका दिन महिलाले स्थानीय एक वाहन चालकलाई 32 नम्बर जानका लागि सम्पर्क गरेको थाहा लाग्यो। त्यस दिन महिलासॅंग एकजना व्यक्ति पनि थिए। यद्यपि, उनीहरू लोवर मामरिङबाटै फर्किएको चालकले पुलिसलाई जानकारी दिए। यसपछि, पुलिसले उक्त व्यक्तिको खोजी शुरू गऱ्यो, जो मृतक महिलाकी एक्स-बोयफ्रेन्ड रहेको खुलासा भयो।

पुलिसले उक्त व्यक्तिलाई मंगलवार राति सिलगढीबाट पक्राउ गऱ्यो। उक्त व्यक्तिको पहिचान सोमबारे निवासी 29 वर्षीय साङ्गे दोर्जी शेर्पाको रूपमा भएको छ। वरिष्ठ पुलिस अधीक्षकले नाम्ची पुलिस टीमको द्रुत कारबाहीका कारण आरोपीलाई राति सात बजी पक्राउ गर्न सफल बनेको बताए। आरोपीलाई पक्राउ गर्न मतिगढा पुलिसले पनि सहयोग गरेको उनले बताए। आरोपी राति आठ बजीको बसबाट कोलकाता जाने तयारीमा रहेको पनि उनले जानकारी गराए।

शुरूमा आरोपीले आफ्नो अपराध स्वीकार गरेका थिएनन्। तर, पुलिसले प्रमाणहरू पेश गरेपछि आरोपीले आफ्नो अपराध स्वीकार गरे। 29 अगस्तका दिन महिला र आरोपीबीच पैसालाई लिएर झगडा भएको र आरोपीले महिलाको घॉंटी निचोरेर हत्या गरेको पुलिस समक्ष खुलासा गरे। उनले यस घटनालाई आत्महत्या जस्तो देखाउने प्रयास पनि गरेका थिए।

वरिष्ठ पुलिस अधीक्षकले महिला पहिले सेक्यूरिटी गार्डको काम गर्दा आरोपी व्यक्तिसॅंग सोही फार्मा कम्पनीमा भेट भएको जानकारी गराए। उनीहरूको सम्बन्ध टुटे तापनि गत 15 अगस्तदेखि आरोपी व्यक्ति पुन: महिलासॅंग बस्न थालेको पनि उनले बताए। यस अतिरिक्त, उनले महिलाको कथित हत्या केवल दुई दिन अघि मात्र भएको पनि उनले स्पष्ट पारे। यस घटनाको सम्बन्धमा जॉंच जारी रहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande