गौतमबदुध नगर, 03 सेप्टेम्बर (हि.स.)। नोएडाको थाना फेस-2 मा एक सिक्योरिटी प्रोवाइडर कम्पनीका अधिकारीले नामी मोबाइल बनाउने कम्पनीमा संविदामा कार्यरत तीन कर्मीहरूमाथि लाखौं रूपियाँ मूल्यको मोबाइल चोरीको आरोप लगाएका छन्। मामिलाको शिकायतमा रिपोर्ट दर्ता गरी थाना पुलिसले जाँच गरिरहेको छ।
फेस-2 थाना प्रभारी विंध्याचल तिवारीले बताए, मंगलवार हिजो राति राजीव प्रभाकरले थानामा शिकायत दिए। उनले बताए, उनको कम्पनीले मोबाइल बनाउने कम्पनी सैमसंगमा सिक्योरिटी प्रोवाइड गराउँदछ। सैमसंग इण्डिया इलेक्ट्रोनिक्स प्राइवेट लिमिटेड सेक्टर 81 को प्रतिष्ठानबाट अचानक भारी संख्यामा मोबाइल चोरी भयो। यस सम्बन्धमा जब कम्पनीको तर्फबाट सूचित गरियो तब उनले सीसीटीवी फुटेज चेक गर्दा थाहा लाग्यो कि हाउसकीपिंगको काम गर्ने तीन कर्मीहरू अजय कुमार, ध्रुव सिंह र बबलूले कम्पनीबाट लाखौं रूपियाँ मूल्यको मोबाइलहरू चोरी गरेका छन्।
थाना प्रभारीले बताए, पीड़ितको शिकायतमा तीनै आरोपी विरूद्ध मामिला दर्ता गरिएको छ। मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी