नयाँ दिल्ली, 03 सेप्टेम्बर (हि.स.)। कांग्रेस सांसद राहुल गान्धीले अत्याधिक वर्षाको कारण आएको बाढ़ीले प्रभावित जम्मू-कश्मीर, हिमाचल प्रदेश, पञ्जाब र उत्तराखण्डको स्थितिमा चिन्ता व्यक्त गर्दै केन्द्र सरकारसित यी राज्यहरूका लागि विशेष प्याकेजको माग गरेका छन्।
उनले सोशल मीडिया प्लेटफार्म एक्समा एउटा भीडियो पोस्ट गर्दै भनेका छन्, पञ्जाब, जम्मू-कश्मीर, हिमाचल प्रदेश र उत्तराखण्डमा बाढ़ीले भारी नोकसान पुऱ्याएको छ र हजारौं मानिस संकटमा छन्। राहुल गान्धीले केन्द्र सरकारसित यी राज्यहरूका लागि विशेष राहत प्याकेजको तत्काल घोषणा गर्ने माग उठाए। उनले भीडियोमा भने, पञ्जाबमा बाढ़ीको कारण धेरै नोकसान भएको छ। बाढ़ीले जम्मू-कश्मीर, हिमाचल प्रदेश, पञ्जाब र उत्तराखण्डमा स्थिति धेरै गम्भीर बनेको छ। मानिसरूलाई बचाउनु सरकारको दायित्व हुन्छ।
राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसित अपील गरे कि यी राज्यहरूका लागि विशेष राहत प्याकेजको घोषणा गर्नका साथै राहत र बचाउ कार्यहरूमा तीव्रता ल्याइयोस्। यस्तो कठिन समयमा केन्द्र सरकारको सक्रिय भूमिका र समर्थन अत्यन्त आवश्यक छ।
हिन्दुस्थान समाचार / भवानी थामी