दूरसञ्चार सम्बन्धित सञ्चारहरूमा नेपाली भाषालाई सामेल गर्न निर्देश
दूरसञ्चार सम्बन्धित सञ्चारहरूमा नेपाली भाषालाई सामेल गर्न निर्देश


गान्तोक, 03 सेप्टेम्बर (हि.स.)। भारत सरकारको सञ्चार मन्त्रालय अन्तर्गत दूरसञ्चार विभागले सिक्किम राज्यमा दूरसञ्चार सम्बन्धित सञ्चारहरूमा नेपाली भाषालाई सामेल गर्न निर्देश दिएको छ। दूरसञ्चार विभागले 2 सेप्टेम्बर, 2025 का दिन जारी एउटा कार्यालय ज्ञापनपत्रमा उक्त जानकारी गराएको छ।

दूरसञ्चार विभागले प्रभावी सञ्चार सुनिश्चित गर्न र सिक्किम राज्यमा दूरसञ्चार उपभोक्ताहरूको अनुभवमा सुधार ल्याउनका लागि सबै दूरसञ्चार सम्बन्धित सञ्चारहरूमा नेपाली भाषालाई सामेल गर्ने निर्णय लिएको ज्ञापनपत्रमा उल्लेख छ।

दूरसञ्चार विभागले सिक्किममा सञ्चालित सबै लाइसेन्स प्राप्तकर्ताहरूलाई उक्त निर्देश कार्यान्वयन गर्न र आगामी 30 दिनभित्र सम्बन्धित कार्यालयमा अनुपालन रिपोर्ट बुझाउन निर्देश दिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande