बिमारीहरुका लागि ह्विल चियर प्रदान
बिमारीहरुका लागि ह्विल चियर प्रदान


खरसाङ, 03 सेप्टेम्बर (हि.स.)। तीनधारे बजार निवासी रेशमा दियाली अनि साजन दर्जीले उनको स्वर्गीय बाबा सुकराज दर्जीको नाममा बिरामीहरुको लागि ह्विल चियर प्रदान गरेका छन्। उक्त ह्विल चेयर तीनधारेको 17 माईल निवासी समाजसेवक सतीश राईलाई प्रदान गरिएको छ।

तीनधारेको‌ 17 माईलका समाज सेवक सतीश राईले विगत धेरै वर्षदेखि सिलगढी नर्थ बेंगाल मेडिकल कलेजमा असहाय पीडित बिरामीहरुको निम्ति निःशुल्क उपचार गराउँदै आइरहेका छन्। उनको यो परिश्रम देखेर रेशमा दियाली (हाल ईजरायल) र उनको दाज्यु साजन दर्जीका परिवारले बिरामीहरुको सुविधाको लागि सतीश राई ह्विल चियर प्रदान गरेका छन्।

यो ह्विल चियरले बिरामीहरुलाई धेरै सुविधा हुने विश्वास व्यक्त गर्दै सतीश राईले परिवारलाई धन्यवाद दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande