यूएस ओपन 2025: जोकोविचले फ्रिट्जलाई हराएर सेमिफाइनमा गरे प्रवेश
यूएस ओपन 2025: जोकोविचले फ्रिट्जलाई हराएर सेमिफाइनमा गरे प्रवेश


नयॉं दिल्ली, 03 सेप्टेम्बर (हि.स.)। न्यूयर्कको आर्थर ऐश स्टेडियममा मंगलवार 38 वर्षीय नोवाक जोकोविचले उत्कृष्ट खेलको प्रदर्शन गर्दै अमेरिकाका टेलर फ्रिट्जलाई 6-3, 7-5, 3-6, 6-4 ले हराएर यूएस ओपन 2025 को सेमिफाइनलमा प्रवेश गरे। अब उनको भिडन्त स्पेनिश स्टार कार्लोस अल्कराजसॅंग हुनेछ।

फ्रिट्ज विरुद्ध आफ्नो अहिलेसम्मका सबै 10 खेलमा जित हासिल गरिसकेका जोकोविचले यस पटक पनि कड़ चुनौतीको सामना गर्नु पऱ्यो। पहिलो सेटमा उनले नौंऔं गेममा पॉंच ब्रेक पोइन्ट जोगाउॅंदै बढ़त बनाए र फेरि उत्कृष्ट क्रसकोर्ट शटका साथ दोस्रो सेट पनि आफ्नो नाम गरे।

यद्यपि, फ्रिट्जले संघर्ष गर्दै तेस्रो सेट आफ्नो नाम गर्दै घरेलू दर्शकहरूमा आशाको किरण जगाए। तर, जोकोविच आफ्नो लयमा आउॅंदै चौथो सेटमा 5-4 को बढ़त बनाए र अन्तत: म्याच आफ्नो नाम गरे।

यस जितका साथै जोकोविचको यूएस ओपनमा अमेरिकी खेलाडीहरू विरुद्ध अपराजेय रेकर्ड 16-0 भएको छ। अब उनी रेकर्ड 25औं ग्राण्ड स्ल्याम उपाधि जित्ने मार्गमा अग्रसर बनेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande