जीन्द, 03 सेप्टेम्बर (हि.स.)। गाउँ खरकरामजी रक्सी हत्याकाण्डमा वाञ्छित आरी गाउँ मालवी निकवासी रामपाल उर्फ बाबालाई स्पेशल टास्क फोर्स हिसार यूनिटले पक्राउ गरेको छ। आरोपीमाथि जिल्ला पुलिसले 25 हजार रूपियाँको पुरस्कार घोषित गरेको थियो।
बुधवार जानकारी दिँदै एसटीएफका डीएसपी जोगेन्दर सिंहले बताए, गत 26 जूनमा गाउँ खरकरामजी निवासी शराब ठेकदार वीरेन्द्र उर्फ बिन्द्राको कार सवार बदमाशहरूले गोली दागेर हत्या गरेका थिए। सदर थाना पुलिसले गाउँ महमूदपुर निवासी नवीनको शिकायतमा गाउँ नगूरा निवासी राकेश उर्फ मिढा, गाउँ साहनुपर निवासी दीपेन्द्र राठी, गाउँ खरकरामजी निवासी अजय उर्फ निलिमा, गाउँ साहनपुर निवासी कमल उर्फ कमली, गाउँ हाट निवासी कर्मपाल र अन्य तीन तथा तीन रेकी गर्नेहरू विरूद्ध हत्या समेत विभिन्न धाराहरू अन्तर्गत मामिला दर्ता गेरको थियो।
पुलिसले वीरेन्द्र हत्याकाण्डमा सात जनालाई पक्राउ गरेको थियो। जसमा गाउँ मालवी निवासी रामपाल उर्फ बाबाको नाम पनि अघि आएको थियो। घटना भएदेखि आरोपी फरार थियो। जसमाथि पुलिसले 25 हजार रुपियाँको पुरस्कार घोषित गरेको थियो। हिसार एसटीएफ टीमले सूचनाको आधारमा कारबाही गर्दै रामपाललाई पक्राउ गऱ्यो। जसलाई सोधपुछको निम्ति जीन्द पुलिसलाई सुम्पेको छ। आरोपीसित सोधपुछ जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी