यमुनाको जलस्तर खतराको निशानदेखि माथि 206.8 मा पुग्यो, मन्त्री प्रवेशले भने- आजदेखि जलस्तर घट्नेछ
यमुनाको जलस्तर खतराको निशानदेखि माथि 206.8 मा पुग्यो, मन्त्री प्रवेशले भने- आजदेखि जलस्तर घट्नेछ


नयाँ दिल्ली, 3 सेप्टेम्बर (हि.स.)। दिल्लीमा यमुनाको जलस्तर खतराको निशान 205.33-देखि माथि 206.8-मा बगिरहेको छ। पहाड़ी तथा मैदानी क्षेत्रमा लगातार भइरहेको वर्षा अनि हथिनी कुण्ड बाँधबाट लगातार पानी छोड़िएको कारणले यमुनाको जलस्तर खतराको निशानदेखि माथि पुगेको छ।

दिल्लीका लोक निर्माण विभागका मन्त्री प्रवेश साहिब सिंहले बुधवार आईटीओ ब्यारेजको दौड़ाह गरी स्थितिको जायजा लिए। मन्त्रीले यहाँ पत्रकारहरूलाई सम्बोधन गर्दै भने, यमुना नदीको जलस्तर अहिलेघरि 206.8-मा पुगेको छ। 2023 सालमा यमुनाको जलस्तर 208-सम्म पुग्दा दिल्लीको आवासीय क्षेत्रमा पानी पसेको थियो। उनले स्पष्ट पारे, यमुनाको पानी दिल्लीको आवासीय क्षेत्रमा प्रवेश गर्नेछैन। यो दिल्लीको भाजपा सरकारको कामको कारणले भएको हो। उनले दाबी गरे, आज साँझसम्ममा यमुनाको जलस्तर घट्न शुरू हुनेछ।

यमुनाको किनारमा अवस्थित बस्तीका मानिसहरूलाई पहिलाबाटै सुरक्षित स्थानमा पुऱ्याइएको छ। अधिकारीहरूलाई प्रभावित मानिसहरूलाई स्वच्छ पेयजल, भोजन, चिकित्सा सुविधा एवं सुरक्षित आवास जस्ता आवश्यकताहरूलाई ध्यानमा राख्ने तथा निरन्तर उपलब्ध गराउने निर्देश दिइएको छ। उनले भने, बाढ़ी प्रभावित मानिसहरूको सुरक्षा, स्वास्थ्य एवं सुविधा सरकारको सर्वोच्च प्राथमिकता हो।

उल्लेखनीय छ, मुख्यमन्त्री रेखा गुप्ताले गए मंगलवार गीता कलोनी फ्लाइओभर नजिक स्थापित बाढ़ी राहत शिविर अतिरिक्त फलामको पुलको दौड़ाह गरी यमुनाको जलस्तर तथा प्रभावित क्षेत्रको स्थितिको जायजा लिइन्।

मुख्यमन्त्रीले शिविरहरूमा बसेका प्रभावित परिवारहरूसित भेट गरी उनीहरूको समस्या सुनिन् अनि हरसम्भव सहायता एवंं राहत पुऱ्याउने भरोसा दिलाइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande