कलियाबोरमा आमासितै 12 वर्षीय छोराको जलेर मृत्यु
कलियाबोरमा आमासितै 12 वर्षीय छोराको जलेर मृत्यु


नगाउँ (असम), 04 सेप्टेम्बर (हि.स.)। कालियाबोरको एक नम्बर सिमना बस्तीमा भएको एक भयानक घटनामा दुईजना मानिसहरूको ज्यान गएको छ। गए बुधवार अबेर राति अचानक लागेको आगोमा आमा सहित 12 वर्षीय छोराको जलेर मृत्यु भएको छ जतिबेला उनीहरू घोर निन्द्रामा सुतिरहेका थिए।

घटनाको सूचना पाएर घटनास्थलमा पुगेको कलियाबोर पुलिसले बिहीवार बतायो, आमा-छोराको शव एकैसाथ जल्यो। मृतका आमाको पहिचान बीना सिंह अनि छोरा सागर सिंहको रूपमा भएको छ। आगलागीको कारण पत्तो लाग्न सकेको छैन। पुलिसले मामिलाको जाँच गरिरहेको छ। दुवै शवलाई पुलिसले पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande