राज्यका विभिन्न भागहरूमा आफ्नो मागको समर्थनमा आसूको एघार घण्टाव्यापी अनशन
राज्यका विभिन्न भागहरूमा आफ्नो मागको समर्थनमा आसूको एघार घण्टाव्यापी अनशन


गुवाहाटी, 04 सेप्टेम्बर (हि.स.)।अल असम छात्र संघ (आसू)-कोआह्वानमानलबाड़ी, धुबड़ी, बरपेटा, चराईदेव, नगाउँ, गोलाघाट, कामरूप जिल्लामा बिहीवार एघार घण्टाव्यापी अनशन शुरू गरियो। आसूले अवैध बंगलादेशीहरूलाई हटाउने, असम सम्झौतालाई लागू गरी विदेशी प्रवासनको समस्याको स्थायी समाधान गर्ने आदि मागहरूलाई लिएर अनशन गरिरहेको छ।

यसैबीच कामरूप (ग्रामीण) जिल्लाको रंगिया नगर स्थित गान्धीमण्डप सामु बिहीवार बिहान 6 बजीदेखि अनशन कार्यक्रम आयोजना गरियो। कामरूप जिल्ला छात्र संघ अन्तर्गत रंगिया महकुमा छात्र संघको सहयोगमा अनशन कार्यक्रम आयोजना गरिएको हो।

कामरूप जिल्ला छात्र संघका महासचिव तौफिकुर रहमानको नेतृत्वमा आयोजित अनशन कार्यक्रमको माध्यमबाट शीघ्र नै असम सम्झौताको धारा 6 अन्तर्गत बिप्लब कुमार शर्मा समितिका सबै सुझाउहरूलाई द्रत गतिमा लागू गर्ने माग गरिएको छ।

अर्कोतिर नागरिकता संशोधन कानून (सीएए)-को परिधिदेखि असमलाई भिन्नै राख्दै अवैध विदेशीहरूलाई असममा बसाउने चेष्टा गर्नदेखि टाड़ा बस्ने आह्वान पनि गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande