एबीवीपी कार्यकर्तामाथि लट्ठीचार्जलाई लिएर अखिलेश यादवको कटाक्ष, भने- भाजपा कसैको पनि आफ्नो हुँदैन
एबीवीपी कार्यकर्तामाथि लट्ठीचार्जलाई लिएर अखिलेश यादवको कटाक्ष, भने- भाजपा कसैको पनि आफ्नो हुँदैन


लखनऊ,04 सेप्टेम्बर (हि.स.)। अखिल भारतीय विद्यार्थी परिषदका कार्यकर्ताहरूमाथि पुलिसद्वारा लट्ठीचार्ज गरिएको घटनालाई लिएर पूर्व मुख्यमन्त्री अखिलेश यादवले कटाक्ष गर्दै भने, भाजपा कसैको पनि आफ्नो हुँदैन। हिजोसम्म भाजपालीहरूको आफ्नै ‘परिषद’ बनाम आफ्नै ‘वाहिनी’ भइरहेको थियो भने अब आफ्नै तथाकथित राजनीतिक सहयोगी विरूद्ध उनीहरूको आवाससम्म प्रदर्शन गराइरहेको छ।

अखिलेश यादवले आफ्नो सोशल मीडिया एकाउण्ट एक्समा लेखे, भाजपालीहरूको ‘विभाजनवादी सोच’-ले अब आफ्नै गुटलाई पनि विभाजन गरिरहेको छ। भाजपाको सहयोगी बनेको धन-मुखी मानिसहरूले अब यो बुझिसकेका छन् कि ‘प्रयोग मात्र गर्ने’ पार्टीले उनीहरूको ‘सोचनीय अवस्था’-मा सुधार त ल्याउन सक्छ अर्थात उनीहरूको ढिकुटीमा ‘माल’ त दिनसक्छ, तर ‘मान’ कहिल्यै दिनेछैन, किनभने भाजपाको षड़यन्त्रकारी चाल नै यही हो कि ‘पहिला प्रयोग गर, त्यसपछि बर्बाद बनाइदिऊ’।

वरिष्ठ पुलिस अधिकारी, सामान्य पुलिसकर्मीहरूलाई अगाड़ि लगाएर भाजपा आन्तरिक लड़ाईँदेखि बच्न चाहन्छ। ठूलो वर्चस्ववादी पुलिस अधिकारीहरूले एसीमा बसेर वरिष्ठ भाजपालीहरूको अगाड़ि ‘यस सर-यस सर’ गरिरहेका छन् भने अर्कोतिर सड़कमा भाजपाका संगी-सहयोगीहरूविरूद्ध अभद्र व्यवहार गरे पनि अन्य कनिष्ठ पुलिसकर्मीहरूलाई ‘भाइ-भाइ’ भनेर हात जोड़्न बाध्य बनाइरहेको छ।

अखिलेश यादवले लेखे, भाजपाले आफ्नो तथाकतिथ राजनीतिक सहयोगीहरूको जुन दुर्गति गरेको छ, त्यसबाट उनीहरू आफ्नो समाजमा मुख देखाउने योग्यको रहेनन्। उनीहरूले बुझ्न सकिरहेका छैनन् कि अब जानु पनि कहाँ जानु। भाजपाले राजनीतिक रूपमा उनीहरूलाई बर्बाद बनाइदिएको छ। उनीहरूको हात-खुट्टा चिसो भइसकेको छ भने अनुहार ‘पहेंलो’।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande