कोलकाता, 04 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगाल विधानसभामा बिहीवार सत्तापक्ष र विपक्षबीच रड़ाँको मच्चिएको देख्न पाइयो। मुख्यमन्त्री ममता ब्यानर्जी स्वयंलाई सदनको कार्यवाहीलाई शान्त बनाउनको लागि मैदानमा उत्रिन पऱ्यो। उनले वेलमा उत्रेका तृणमूल कंग्रेसका विधायकहरूलाई सम्झाई-बुझाई आ-आफ्नो सीटमा फर्काइदिइन् अनि सदनको वातावरणलाई नियन्त्रण गरिन्।
बिहीवार सदनमा ‘बंगाल औ बंग्ला’ विषयमा चर्चा भइरहेको थियो। यसै अवधि ममता ब्यानर्जीले आफ्नो भाषण राख्न शुरू गर्दा भाजपा विधायकहरूले हल्ला गर्दै नाराबाजी गर्न थाले – “वान टु थ्री फोर, तृणमूलमा सबै चोर।” यसको जवाफमा मुख्यमन्त्री प्रत्याक्रमण गर्दै भनिन्–“वान टु थ्री फोर, भाजपा सबैभन्दा ठूलो चोर।” उनले केन्द्र सरकारलाई ‘भोट चोर’-को संज्ञा दिँदै भनिन्–“मोदी चोर, भाजपा चोर। भाजपा हटाऔं, देश बचाऔं।”
स्थिति लगातार बिग्रिँदो देखेर तृणमूलकी महिला विधायकहरू क्रमैले शशि पाञ्जा, नयना ब्यानर्जी, रत्ना दे नाग, असिमा पात्र एवं उत्तरा सिंह राय सहित केही विधायकहरूले आ-आफ्नो सीट छोड़ेर वेलमा उत्रिए अनि भाजपाको व्यवहारको विरोध गर्न लागे। बढ़्दो बबाललाई मध्यनजर गर्दै मुख्यमन्त्री ममता ब्यानर्जी स्वयं वेलमा पुगिन्। उनले आफ्ना पार्टी विधाकहरूलाई अपील गरिन्, उनीहरू आ-आफ्नो सीटमा बसेर नाराबाजी गरून्। उनको निर्देशपछि विधायकहरू आफ्नो सीटमा फर्किए।
यसैबीच भाजपा विधायक शंकर घोषलाई नियम भंग गरेको आरोपम विधानसभा अध्यक्षले निलम्बन गरिदिए जसले गर्दा सदनमा खैलाबैला झन् बढ़्यो। भाजपा विधायक अनि मार्शलहरूबीच हातपातसम्म भयो। त्यसपछि तृणमूल विधायकहरूले पनि आक्रमक भएर भाजपा विरोधी नाराबाजी गर्न थाले।
स्थिति अनियन्त्रित भएको देखेर ममता ब्यनर्जीले व्यक्तिगत रूपमा हस्तक्षेप गर्दै वातावरणलाई शान्त बनाइन्। उनले भाजपामाथि देश बेचेको तथा लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा