कोलकाता, 04 सेप्टेम्बर (हि.स.)। बंगालीहरूलाई कथित रूपमा ‘ह्यारसमेन्ट’ गरिएको मुद्दामा पश्चिम बंगाल विधानसभाको विशेष अधिवेशन बिहीवार व्यापक खैलाबैलाको साक्षी बन्यो। मुख्यमन्त्री ममता ब्यानर्जी बोल्नसाथ भाजपा विधायकहरूले हो-हल्ला गर्न शुरू गरे। लगातार चेताउनी दिँदा पनि कथित अनुशासनहीनताको कारण भाजपा विधायक शंकर घोष र अग्निमित्रा पललाई निलम्बन गरियो।
मुख्यमन्त्रीको भाषण अवधि भाजपा विधायकहरूले स्पीकर विमान ब्यानर्जीको चेताउनीलाई बेवास्ता गर्दै नाराबाजी गर्न शुरू गरे। शंकर घोषको नेतृत्वमा विपक्षी विधायकहरूले चर्को स्वरमा चिच्याउन थाले। स्थिति बिग्रिँदो देखेर स्पीकरले धारा 348 अन्तर्गत शंकर घोषलाई निलम्बन गर्दै उनलाई बाहिर निकाल्ने मार्शलहरूलाई आदेश दिए। यस अवधि घोष भुइँमा बसेर मार्शलहरूसित धक्का-मुक्का गर्न थाले भने केही विधायकहरू कागज च्यात्न थाले। यसबाट स्थिति झन तनाउपूर्ण भयो। अन्ततः मार्शलहरूले बलपूर्वक घोषलाई बाहिर निकालिदिए।
त्यसपछि मुख्यमन्त्री ममता ब्यानर्जीले आफूलाई सदनमा उतारेर तृणमूल विधायकहरूलाई शान्त गराइन्। उनले पहिला मन्त्री अरूप विश्वासलाई जिम्मेवारी सुम्पिइन्, त्यसपछि आफै हस्तक्षेप गर्दै पार्टी विधायकहरूलाई आ-आफ्नो सीटमा बस्ने आग्रह गरिन्। तृणमूल विधायकहरू शान्त भए, तर भाजपा विधायक अग्निमित्रा पालले पुनः हल्ला गर्दै गत मंगलवार नेता प्रतिपक्ष शुभेन्दु अधिकारीलाई सस्पेण्ड गरिएको मुद्दालाई उठाएर व्यापक विरोध व्यक्त गरिन्।
त्यसपछि अध्यक्षले अग्निमित्रालाई पनि सदनबाट निलम्बन गरिदिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा