उत्तर 24 परगना, 04 सेप्टेम्बर (हि. स.)। भाजपा नेता दिलीप घोषले जीएसटीमा सुधारलाई स्वागत गरेका छन्। बिहीवार बिहान पत्रकारहरूसित बातचित गर्दै दिलीपले भने, सबै कर (ट्याक्स) देशका आम जनताको पैसाबाट आउँछ। त्यसले हरसम्भव उनीहरूलाई ट्याक्स मुक्त गराउनुपर्छ। यस मुद्दामा लामो समयदेखिकै चर्चा भइरहेको थियो। सरकारलाई जीएसटीबाट पर्याप्त कर राजस्व प्राप्त भइरहेको छ। त्यसैले यस्तो लाग्छ, आम मानिसहरूलाई करमुक्त गरिनुपर्छ।
स्वागत गर्दै उनले भने, यो एक महत्वपूर्ण कदम हो। कारहरूदेखि लिएर कम्प्यूटर तथा कपड़ाहरूसम्म हरेक वस्तुलाई कर मुक्त बनाइएको छ। यसले यो दर्शाउँछ कि देश आर्थिक रूपमा आत्मनिर्भर छ र देशका मानिसहरू कर दिनदेखि डराउँदैनन्। त्यसैले उनीहरूलाई यो सुविधा दिनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा