कोलकाता, 04 सेप्टेम्बर (हि. स.)। केन्द्र सरकारद्वारा स्वास्थ्य औ जीवन बीमा पोलिसीमाथि लगाइएको 18 प्रतिशत वस्तु एवं सेवा कर (जीएसटी)- लाई हटाउने फसेलालाई अखिल भारतीय तृणमूल कंग्रेस (तृणमूल कंग्रेस)-ले आफ्नो ‘नैतिक विजय’ बताएको छ।
तृणमूल कंग्रेसले गए बुधवार राती सोशल मीडिशामा आफ्नो आधिकारिक अकाउण्ट एक्समा बयान जारी गर्दै दाबी गऱ्यो, पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शुरूबाटै यस ट्याक्सको विरोध गरेकी थिइन् र यसलाई आम जनताविरूद्ध बताएकी थिइन्।
पार्टीले लेख्यो, यो आम मानिसहरूको जीत हो। एउटा यस्तो सरकारबाट खोसिएको जीत हो जसले दबाव पऱ्यो भने मात्र सुन्छ। ममता ब्यानर्जीले पहिलो दिनदेखिकै वित्त मन्त्रीलाई सतर्क गराएकी थिइन् कि बीमा प्रीमियममाथि ट्याक्स लगाउनु अमानवीय र जनविरोधी छ। यसबाट परिवारहरू भविष्य सुरक्षित गर्नदेखि हिच्किचाउँछन् र संकटको समयमा आर्थिक रूपले ध्वस्त हुनेछन्।
केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमणलाई ममता ब्यानर्जीद्वारा लेखिएको पत्रको प्रति पनि पार्टीले साझा गऱ्यो जसमा उनले बीमा पोलीसिहरूमाथि कर लगाउने निर्णयमाथि समीक्षा गर्ने माग गरेकी थिइन्। यो पत्र 02 अगस्त, 2024-मा पठाइएको थियो।
बुधवार सम्पन्न भएको जीएसटी काउन्सिलको बैठकमा निर्णय लिइयो, आगामी 22 सेप्टेम्बरदेखि व्यक्तिगत स्वास्थ्य एवं जीवन बीमा पोलीसिहरूमाथि 18 प्रतिशत कर समाप्त गरिनेछ। यसबाट आम परिवार एवं स्वास्थ्य क्षेत्रले ठूलो राहत पाउने आशा छ।
केन्द्रको यस कदमपछि तृणमूलले आरोप लगायो, भाजपा नेतृत्वाधिन सरकार दबावमा झुक्यो। पार्टीले भन्यो, मोदी सरकार अन्ततः दबावको अगाड़ि झुक्यो। यसले साबित गर्छ कि भाजपाले त्यसबेला मात्र कदम उठाउँछ जतिबेला उसलाई चारैतिरबाट घेरिन्छ। हामी संसददेखि लिएर सड़कससम्म, जनताबीच हरेक जनविरोधी फसेलाको विरोधमा आफ्नो लड़ाईँलाई जारी राख्नेछौं।
जीएसटी काउन्सिलको बैठकमा कर संरचनामा व्यापक बदलाउ गरिएको छ। 12 प्रतिशत र 28 प्रतिशतको दरलाई समाप्त गरेर अब 5 प्रतिशत र 18 प्रतिशतको दरलाई कायम राखिएको छ। नयाँ कर ढाँचालाई आगामी 22 सेप्टेम्बरदेखि लागू गरिनेछ।
यस अतिरिक्त काउन्सिलले व्यक्तिगत हेरचाह उत्पादहरू जस्तै हेयर ओयल, श्याम्पु, टुथपेस्ट र डेन्टल फ्लसमाथि करको दरलाई 18 प्रतिशतदेखि घटाएर 5 प्रतिशत बनाइएको छ। सिगार, सिगरेट र अन्य तम्बाकू उत्पादहरूमाथि कर 28 प्रतिशतदेखि 40 प्रतिशत बनाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा