मुख्यमन्त्री रेखा गुप्ताले ‘विकास पनि, विरासत पनि’ अभियानको शुभारम्भ गरिन्
मुख्यमन्त्री रेखा गुप्ताले ‘विकास पनि, विरासत पनि’ अभियानको शुभारम्भ गरिन्


नयाँ दिल्ली, 4 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले बिहीवार नयाँ दिल्ली पालिका परिषद (एनडीएमसी)- को ‘विकास पनि, विरासत पनि’ अभियानको शुभारम्भ गरिन्। यस अवसरमा उनले शिक्षकहरूलाई सम्मानित पनि जनाइन्। मुख्यमन्त्रीले एक्स पोस्टमा भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रिय शिक्षा नीति (एनईपी)-बाट प्रेरित ‘विकास पनि विरासत पनि’ पहलले बाल-बालिकाहरूलाई आधुनिक क्षमताहरूबाट सशक्त बनाउँदै हाम्रो संस्कृति एवं परम्पराहरूसित पनि जोड़्नेछ। अटल आदर्श एवं नवयुग विद्यालयका 15 जना शिक्षकहरूलाई ‘शिक्षक सम्मान पुरस्कार’-द्वारा अलंकृत गर्नु यस नयाँ यात्राको प्रेरक आरम्भ हो। जसरी आधुनिक विमानलाई दिशा पायलटले नै दिन्छ, त्यसरी नै बाल-बालिकाहरूलाई नयाँ सोच र शिक्षाको उड़ान दिने दायित्व हाम्रा शिक्षकहरूको हो। उनले भनिन्, ‘विकास पनि, विरासत पनि’ दिल्ली मात्र नभएर सम्पूर्ण देशको लागि शिक्षाको आददर्श मोडल बन्नेछ, यो उनको विश्वास हो।

यस अवसरमा सांसद बाँसुरी स्वराज, दिल्लीका क्याबिनेट मन्त्री प्रवेश साहिब सिंह, एनडीएमसीका अध्यक्ष केशव चन्द्रा एवं एनडीएमसीका उपाध्यक्ष कुलजीत सिंह चहल सहित अन्य मानिसहरू उपस्थित थिए।

मन्त्री प्रवेश साहिब सिंहले एक्स पोस्टमा भने, आज एक गौरवपूर्ण एवं प्रेरणादायी क्षणको साक्षी बन्ने अवसर मिल्यो जतिबेला नयाँ दिल्ली नगरपालिका परिषदको ‘विकास पनि, विरासत पनि’- को भावनालाई साकार बनाउँदै एक नयाँ शैक्षिक पहलको शुभारम्भ गरियो। यो पहल राष्ट्रिय शिक्षा नीतिबाट प्रेरित छ जसको उदेश्य बाल-बालिकाहरूलाई आधुनिक क्षमताले सशक्त बनाउँदै उनीहरूलाई भारतको संस्कृति र परम्पराहरूसित गहिराईरूप्रक जोड़्नु हो।

यस अवसरमा अटल आदर्श एवं नवयुग विद्यालयहरूका 15 जना उत्कृष्ट शिक्षकहरूलाई “शिक्षक सम्मान पुरस्कार”-ले सम्मानित गर्दै उनीहरूको अमूल्य योगदानलाई आदरपूर्वक प्रशंसा गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande