क्यानिंग, 04 सेप्टेम्बर (हि. स.)। दक्षिण 24 परगनाको क्यानिंग थानान्तर्गत बैकुण्ठपुर क्षेत्रमा गए बुधवार अबेर राती एउटा नहरमा महिलाको आधा जलेको शव भेटियो। मृतकको पहिचान शितला सरदार (59)-को रूपमा भएको छ। स्थानीय मानिसहरूले शवलाई नहरमा तैरिरहेको देखेपछि पुलिसलाई सूचना दिए। क्यानिंग थानाको पुलिसले घटनास्थलमा पुगेर शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि पठाइदियो।
पुलिस एवं स्थानीय सूत्र अनुसार शितला सरदार लामो समयदेखिकै बिमार थिइन् भने गए बुधवार उनको निधन भएको थियो। परिवारले शवलाई बैकुण्ठपुर श्मशान घाटमा अन्तिम संस्कार गर्नको लागि लगेको थियो, तर तीव्र वर्षाको कारणले चिताको आगो निभ्यो जसले गर्दा शव आधा मात्र जल्नसक्यो। आरोप छ, त्यसपछि मृतकाका परिवारले आधा जलेको शवलाई नजिकैको नहरमा फालेर त्यहाँबाट फर्कियो।
घटनाको सूचना पाउनसाथ पुलिसले शवलाई जफत गऱ्यो अनि मामिलाको जाँच शुरू गऱ्यो। मृतकको छोरालाई जाँचबुझको लागि हिरासतमा लिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा