कोलकाता, 04 सेप्टेम्बर (हि.स.)। उत्तर-पश्चिम बंगालको खाड़ीमा बनिएको निम्न दबाव क्षेत्र द्रूत गतिमा गहिरिँदै गइरहेको छ। आगामी 24 घण्टाभित्रमा यो ओडिशा टतसम्म पुग्ने सम्भावना छ। यो तन्त्र झारखण्ड हुँंदै छत्तीसगढ़ तर्फ बढ़्नेछ। यसको प्रभावले पश्चिम बंगालका केही जिल्लाहरूमा घना वर्षा हुने आशंका व्यक्त गरिएको छ। समुद्रमा उच्च छाल उठेको कारणले मछुआराहरूलाई आगामी 24 घण्टासम्म समुद्रमा नजाने चेताउनी दिइएको छ।
बिहीवार दक्षिण बंगालका उत्तर तथा दक्षिण 24 परगना, कोलकाता, हावड़ा, हुगली, पूर्व र पश्चिम मेदिनीपुर, झाड़ग्राम तथा बाँकुड़ा जिल्लामा घना वर्षा हुने सम्भावना छ। वर्षासितै 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ। बंगालको खाड़ीमा सक्रिय निम्न दबावको कारणले आगामी साताको शुरूआतसम्मै मौसम बिग्रिरहनसक्छ। शुक्रवार दक्षिण 24 परगना, पूर्व एवं पश्चिम मेदिनीपुर औ झाड़ग्राममा हल्कादेखि मध्यम वर्षासितै कुनै-कुनै ठाउँमा भारीर वर्षा अनि तूफान आउने आशंका छ। सबै जिल्लाहरूको लागि यल्लो अलर्ट जारी गरिएको छ। कोलकातामा पनि विभिन्न क्षेत्रमा भारी वर्षाले तल्लो क्षेत्रहरूमा जलभराउको स्थिति उत्पन्न हुनसक्छ।
उत्तर बंगालमा वर्षा एवं हुरी-बतासको सिलसिला जारी छ। जलपाईगुड़ी, कालेबुङ, अलिपुरद्वार सहित केही जिल्लाहरूमा आज हल्कादेखि मध्यम वर्षा अनि मेघ गर्जनसितै 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने सम्भावना छ। दार्जीलिङ, जलपाईगुड़ी, उत्तर दिनाजपुर र मालदा जिल्लाको लागि यल्लो अलर्ट जारी गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा