नगाउँ(असम), 04 सेप्टेम्बर (हि.स.)। नगाउँजिल्लाकोकलियाबोर पुलिसले गए बुधवार रातीवाहन चोरी विरोधी अभियान संचालन गऱ्यो। अभियानको क्रममा एक जना चतुर चोरलाई पक्राउ गरियो।
कलियाबोर पुलिसले बिहीवार बतायो, पक्रा पर्ने चोरको पहिचान बहारूल इस्लामको रूपमा गरिएको छ जो बरबालीटोप निवासी रहेको बताइएको छ। कलियाबोरको मिसाबाट एउटा टाटा डीआई वाहनलाई बाहरूल इस्लामले चोरहरूको गिरोहसित मिलेर चोरी गरेको थियो। टाटा डीआईको चोरी गए बुधवार भोर बिहान मिसाको छबी शेखको घर सामुबाट भएको थियो। सीसीटीवीमा वाहन (एएस-02बीसी-4868)-लाई चोरी गरेको सम्पूर्ण दृश्य कैद भएको थियो।
सीसीटीभी फुटेजको आधारमा गए राति शिव स्थान पुलिस चौकी अन्तर्गत बोरबालीटाप क्षेत्रमा सामगुरी पुलिसको सहयोगमा कलियाबोर पुलिसले छापा माऱ्यो। छापामारीमा पुलिसले बोरबालीटापको बहारूल इस्लाम नामक चतुर वाहन चोरलाई पक्राउ गऱ्यो।
सीसीटीभी क्यामरामा स्पष्ट रूपमा वाहन चोर बहारूल सहित अर्को चोरको दृश्य कैद भएको थियो। पुलिसले चोरको भाइ र छोरालाई जाँचबुझ गर्नको लागि हिरासतमा लिएको छ। वाहन चोरीमा संलिप्त अन्य चोरहरूको खोजीमा पुलिस जुटिसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा