कोलकाता, 04 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले बिहीवार बिहान ग्राफिक्स डिजाइनर दिवंगत रिजवानुर रहमानकी आमा किशवर जहाँ (81)-को निधनमा गहिरो शोक व्यक्त गरिन्। किशवर जहाँको निधन बिहिवार भोर बिहान भएको हो।
ममता ब्यनर्जीले सोशल मीडिया सन्देशमा लेखिन्, किशवर जहाँसित उनको गहिरो व्यक्तिगत सम्बन्ध थियो। उनले भनिन्, “उनलाई मलाई आफ्नी सन्तान जस्तै चाहन्थिन्। हरेक ईदमा म उनीसित भेट गर्न जाने गर्थेँ। आज उनका स्मरणहरू ताजा भइरहेका छन्। उनी सदैव मेरो हृदयमा बस्नेछन्। म रुक्बानुर (रिजवानुरका दाज्यु एवं तृणमूल विधायक) तथा सम्पूर्ण परिवारप्रति संवेदना व्यक्त गर्दछु।”
रिजवानुर रहमानको असामान्य मृत्यु वर्ष 2007- मा वाम मोर्चा शासनकालमा भएको थियो जसले राज्यको राजनीतिलाई हल्लाइदिएका थिए। यस मामिलामा एकजना उद्योगपतिमाथि गम्भीर आरोप लागेको थियो। यस घटनालाई उक्त उद्योगपतिकी अविवाहित छोरी र रिजवानुरबीच प्रेम सम्बन्धलाई समाप्त गर्ने षड़यन्त्रको रूपमा प्रचारित गरियो।
मामिलाको जाँच सीबीआईले गरेको थियो जसमा तत्कालीन कोलकाता पुलिय आयुक्त, दुईजना डीसी, एकजना एसी र एकजना एसआई पनि जाँचको घेराभित्र परेका थिए। तथापि सीबीआईले कुनै पनि आरोपीमाथि “हत्याको थ्योरी” साबित गर्न सकेन अनि मामिलालाई आत्महत्या मानियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा