संदिग्ध परिस्थितिमा विवाहिताको मृत्यु, पतिमाथि हत्याको आरोप
संदिग्ध परिस्थितिमा विवाहिताको मृत्यु, पतिमाथि हत्याको आरोप


दक्षिण 24 परगना, 4 सेप्टेम्बर (हि.स.)। दक्षिण 24 परगना जिल्लाको बसन्ती थानान्तर्गत तितकुमार गाउँमा बिहीवार बिहान एकजना 20 वर्षीया महिलाको शव भेटिएको छ। मृतकाको पहिचान सलमा गाजीको रूपमा भएको छ। आरोप छ, पतिले गला दबाएर उसको हत्या गऱ्यो अनि शवलाई रूखमा झुण्डाइदियो। घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

स्थानीय मानिस अनि पुलिसबाट प्राप्त जानकारी अनुसार लगभग चार वर्षपूर्व सलमाको विवाह उमर फारूख गाजीसित भएको थियो। उनीहरूको एकजना छोरा छ। विवाह भएदेखि नै पति-पत्नीको सम्बन्ध राम्रो थिएन। सलमामाथि शारीरिक तथा मानसिक उत्पीड़न गरेको आरोप लाग्दै आएको थियो। विवादहरूलाई सुल्झाउनको लागि कैयौं पटक पञ्चायत पनि डाकिएको थियो, तर समाधान हुन सकेन। हालैमा परिवारले सम्झाएर सलमालाई पुनः ससुरालमा पठाएको थियो।

आरोप छ, उमर फारूकले लगातार सलमामाथि माइतबाट पैसा ल्याउनको लागि दबाव दिँदै आएको थियो। बिहीवार बिहान उसको शवलाई ससुरालीबाट उद्धार गरियो। घटनापछि ओमर फारूक र उसको परिवार भागेको छ। पुलिसले हत्याको मामिला दर्ता गरी जाँच शुरू गरेको छ साथै आरोपीहरूलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande