दोनी पोलो हवाईअड्डाको नयाँ एवं स्थायी टर्मिनल भवनको संचालन आरम्भ
दोनी पोलो हवाईअड्डाको नयाँ एवं स्थायी टर्मिनल भवनको संचालन आरम्भ


इटानगर, 04 सेप्टेम्बर (हि.स.)। केन्द्रिय नागरिक उड्डयन मन्त्री राममोहन नायडु किंजरापुले आज बिहान अरूणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डु, राज्य नागरिक उड्डयन मन्त्री बालो राजा एवं अन्य अधिकारीहरूको उपस्थितिमाहोलोंगीस्थित दोनी पोलो हवाईअड्डामा दोनी पोलो हवाईअड्डाको नयाँ एवं स्थायी टर्मिनल भवनको संचालन शुरू भएको घोषणा गरे।

यस अवसरमा पत्रकारहरूसित बातचित गर्दै नागरिक उड्डयन मन्त्री राममोहन नायडु किंजरापुले भने, प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा वर्ष 2022-मा उद्घाटन गरिएपछि पछिल्लो दुई वर्षदेखिको यो हवाईअड्डा अस्थायी टर्मिनल भवनको साथमा संचालन हुँदै आएको थियो जसको प्रतिदिन 150 यात्री क्षमता थियो। तर स्थायी टर्मिनल भवनको क्षमता लगभग 8 सय यात्रीको छ भने यसले प्रतिवर्ष 15 लाख यात्रीहरूलाई सम्हाल्न सक्छ।

वर्तमानमा यो हवाईअड्डा तेजु, गुवाहाटी, कोलकाता औ दिल्ली हवाईअड्डासित जोड़िएको छ भने प्राधिकरणले होलोंगी हवाईअड्डाबाट कनेक्टिभिटी बढ़ाउनको लागि काम गरिरहेको छ। आगामी 17 सेप्टेम्बरदेखि होलोंगी हवाईअड्डाबाट दिल्लीको लागि दैनिक कनेक्टिभिटी हुनेछ।

पुस्तकालय, बाल-बालकाहरूको खेल मैदान, क्याफे एवं अवसर केन्द्रहरू जस्ता विभिन्न सुविधाहरूद्वारा लैस यो हवाईअड्डा देशभरिको लागि केन्द्र सरकारको नागरिक उड्डयन विभागको नयाँ पहल पनि यस टर्मिनलमा सामेल छ।

देशमा हवाई सम्पर्कको लागि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वाधिन केन्द्रको एनडीए सरकारको नीतिमाथि प्रकाश पार्दै उनले भने, हवाई सम्पर्कमा सुधार अन्तर्गत बितेको एघार वर्षभित्रमा हवाईअड्डा र विमानहरूको संख्या दुई गुणा भएको छ। हामीले यो पनि देखेका छौंं, देशभरिमा यात्रीहरूको संख्या पनि दुई गुणा भएको छ।

उनले बताए, सरकारले हवाईअड्डा अनि विमानहरूको संख्या बढ़ाउने योजना बनाइरहेको छ ताकि देशमा विमानहरूको अभावलाई पूरा गर्न सकियोस्।

मोदी सरकारले पूर्वोत्तरका अन्य राज्यहरूसँगसँगै अरूणाचल प्रदेशमाथि पनि विशेष ध्यान दिरहेको छ। अरूणाचल प्रदेशका तेजु, जीरो एवं पासीघाटमा अवस्थित हवाईअड्डाबाट उड़ानहरूको संचालन शुरू गर्नेमाथि पनि काम भइरहेको छ।

होलोंगी हवाईअड्डादेखि दिल्ली र कोलकाता जानको लागि उच्च मूल्यको बारेमा प्रश्न गर्दा उनले भने, विमानहरूको अभावको कारणले लागत अधिक छ, तर सरकारले यसमाथि काम गरिरहेको छ। चाँड़ै नै यसको समाधान हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande