दरंग (असम), 04 सेप्टेम्बर (हि.स.)। बिहीवार बिहान मंगदै जिल्ला कारावासका एकजना बन्दीले आत्महत्या गर्ने प्रयास गऱ्यो। हत्याको मामिलामा आरोपी बन्दीको पहिचान अमादुल हुसैनको रूपमा भएको छ जसले कथित रूपमा गामछा प्रयोग गरी फाँसी लगाउने प्रयास गऱ्यो।
जेल प्रशासन अनुसार यो घटना आरोपी विरूद्ध 107/25 नम्बर मामिलामा चार्जशीट दर्ता गरिएको एक दिनपछि भएको हो। घटना घटेको तुरून्तैपछि बन्दीलाई मंगलदै सिभिल अस्पतालमा प्राथमिक उपचारको निम्ति लगियो जहाँबाट बन्दीको गम्भीर स्थितिलाई ध्यानमा राख्दै उसलाई गुवाहाटी मेडिकल कलेज एवं अस्पताल (जीएमसीएच)-मा रेफर गरियो।
अधिकारीहरूले बताए, यो आत्महत्याको प्रयास थियो वा यसको पछाड़ि अन्य कुनै कारण, अग्रिम जाँचपछि स्पष्ट हुनेछ। अमादुल हुसैन मंगलदैको सरू थेकेराबारी निवासी रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा