सब-इन्स्पेक्टरले आफ्नो सर्भिस रिवल्वरले माता-पिताको हत्या गरेपछि आफूमाथि पनि गोली दागे
सब-इन्स्पेक्टरले आफ्नो सर्भिस रिवल्वरले माता-पिताको हत्या गरेपछि आफूमाथि पनि गोली दागे


झाड़ग्राम, 04 सेप्टेम्बर (हि. स.)। जिल्लामा गए बुधवार अबेर राती एक सन्त्राषपूर्ण घटना घटेको प्रकाशमा आएको छ। राज्य पुलिसको जंगलमहल बटालियनमा तैनाथ सब-इन्स्पेक्टर जयदेव च्यटर्जी (32)-माथि आफ्न माता-पिताको हत्या गरेको आरोप लागेको छ। घटनापछि उनले आफ्नो सर्भिस रिवल्वरले आफैमाथि गोली चलाए। गम्भीर घाइते अवस्थामा उनलाई झाड़ग्राम अस्पतालमा भर्ती गरिएको छ जहाँ उनको उपचार भइरहेको छ।

पुलिस अनुसार जयदेवका पिता देबव्रत च्यटर्जी (62) र आमा शम्पा च्यटर्जी (50)-को घटनास्थलमै मृत्यु भयो। दुवैको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। सूत्र मुताविक जयदेव मूल रूपले आसनसोलका थिए जो ड्यूटीको सिलसिलामा झाड़ग्राम पुलिस लाइनमा भाड़ाको घरमा बस्दै आएका थिए। उनीसित आफ्ना माता-पिता पनि बस्थे। जयदेव अविवाहित थिए।

बितेको बुधवार अबेर राती घरबाट गोली चलेको आवाज सुनेर छिमेकीहरू सतर्क भए अनि तुरून्त पुलिसलाई खब दिए। पुलिसले घटनास्थलबाट जयदेव र तिनका माता-पितालाई रगतपच्छे अवस्थामा फेला पाऱ्यो। उनीहरूलाई तत्काल झाड़ग्राम मेडिकल कलेजमा ल्याइयो जहाँ डाक्टरहरूले देबव्रत र शम्पालाई मृत घोषित गरिदिए।

पुलिसको प्राथमिक जाँचमा अनुमान लगाइँदैछ, जयदेवले पहिला आफ्ना माता-पिताको गोली दागी हत्या गरिदिए अनि पछि आफूले आत्महत्या गर्ने चेष्टा गरे। तथापि पुलिसको भनाइ छ, जाँच पूरा हुनपूर्व कुनै पनि निष्कर्ष निकाल्नु हतार गरे झैं हुनेछ। जानकारी अनुसार जयदेवले 2, 3 र 4 सेप्टेम्बरमा छुट्टी लिएका थिए। यी तीन दिनभित्रमा के भयो जसले गर्दा उनले यस्तो भयंकर कदम उठाए? यो प्रश्न अब जाँचको विषय बन्न पुगेको छ।

जयदेवका एकजना सहकर्मीले बताए, साहेबले आफ्ना माता-पितालाई अत्यन्तै माया गर्दथे, उनीहरूको राम्ररी हेरचाह गर्दथे। यस घटनाबाट हामी सबै अचम्भित भएका छौं। भनिन्छ, जयदेवका पिता लामो समयदेखिकै गम्भीर रोगद्वारा ग्रस्त थिए। त्यसैले जयदेव मानसिक दबावमा रहन्थे। पुलिसले सबै पाटो र पक्षको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande