‘अयोग्य’ शिक्षकहरूलाई ग्रुप सी र डी पदहरूमा नियुक्त गर्नको लागि कानूनी विकल्प खोजिरहेको छ सरकारः ममता
‘अयोग्य’ शिक्षकहरूलाई ग्रुप सी र डी पदहरूमा नियुक्त गर्नको लागि कानूनी विकल्प खोजिरहेको छ सरकारः ममता


कोलकाता, 04 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले बिहिवार संंकेत दिइन्, राज्य सरकारले 2016 सालको स्कूल सर्भिस कमिशन घोटाला (एसएससी) भर्तीमा फसेका ‘दागी’ शिक्षकहरूलाईग्रुप सीर डी पदमासमायोजितगर्ने कानूनी विकल्प खोजिरहेको छ।

शिक्षक दिवसकोअवसरमाआयोजित एक कार्यक्रममाममताले भनिन्, उनको सरकारले 2016 सालको शिक्षक भर्ती परीक्षामा सफल‘निर्दोष’ उम्मेद्वारहरूको नियुक्ति प्रक्रिया शुरू गरेको छ। अर्कोतिर वर्षौंदेखि पढा़उँद आइरहेका, तर अयोग्य घोषित शिक्षकहरूको भविष्यलाई मध्यनजर गर्दै सरकारले मानवीय दृष्टिकोणले समाधान खोजिरहेको छ।

मुख्यमन्त्रीले भनिन्,“मकानूनी विशेषज्ञसितपरामर्शगरिरहेको छु कि अयोग्य घोषित ‘दागी’ शिक्षकहरूलाई ग्रुप सी र डी पदहरूमा कसरी नियुक्त गर्न सकिन्छ। जसले यतिका वर्षदेखिको पढ़ाउँदै आइरहेका छन्, उनीहरूको लागि कुनै एउटा बाटो निकाल्नुपर्छ।”

उनले बल दिँदै भनिन्, उनको सरकारले मुद्दालाई राजनीतिक चश्माले होइन, मानवीय दृष्टिकोणले हेर्दछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande