नयाँ दिल्ली, 4 सेप्टेम्बर (हि.स.)। दिल्ली नगरनिगमको स्थायी समितिकी अध्यक्ष सत्या शर्माले यमुनाको बढ़्दो जलस्तरलाई लिएर भनेकी छन्, दिल्लीवासीहरूलाई डराउने आवश्यकता छैन।
सत्या शर्माले सिभिक सेन्टरमा ‘हिन्दुस्थान समाचार’-सित बातचित गर्दै भनिन्, मानिसहरूलाई चिन्तित हुने वा डराउने कुनै आवश्यकता छैन, किनभने स्थिति नियन्त्रणमा छ। दिल्ली सरकार एव नगरनिगमले लगातार बाढ़ी प्रभावित क्षेत्रहरूको लागि काम गरिरहेको छ।
शर्माले भनिन्, हरेक साल यमुना बढ़्नुको प्राकृतिक कारणहरूको परिणाम मात्र होइन जबकि यसमा लापरवाही पनि सामेल छ। उनले भनिन्, दिल्लीमा तीव्र रूपमा भइरहेको अवैध निर्माण, फोहोर नालीहरू सोझै यमुनामा झर्नु तथा बाँधहरूको समयमा मरम्मत नहुनुले स्थितिलाई झन् गम्भीर बनाइदिन्छ। यो समस्याको हल आपदा प्रबन्धनसम्म मात्र सीमित छैन। यसमा जनताले पनि आफ्नो योगदान दिन आवश्यक छ। उनले बताइन्, निगमले राहत शिविरहरूमा स्वच्छ पानी, भोजन, औषधि तथा बाल-बालिकाहरूको लागि आवश्यक सुविधाहरूको व्यवस्था सुनिश्चित गरिरहेको छ।
सत्य शर्माले विशेषज्ञहरूको सुझाउ लिएर यमुना किनारमा ठोस जल प्रबन्धन नीति बनाउने माग गरिन्। उनले भनिन्, यदि अहिले नै ठोस कदम उठाइएन भने आगामी वर्षमा यो समस्याले अझ भयानक रूप धारण गर्नसक्छ। उनले दिल्लीवासीहरूसित अपील गरिन्, यमुनालाई प्रदूषित नगरियोस् र यसको संरक्षणमा आफ्नो योगदान दिऔं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा