बिजुलीको चपेटमा परी श्रमिकको मृत्यु
बिजुलीको चपेटमा परी श्रमिकको मृत्यु


कोलकाता, 04 सेप्टेम्बर (हि. स.)। कोलकाताको वेस्ट पोर्ट थाना क्षेत्र स्थित एक कारखानामा गएबुधवार राति काम सिद्धाएर घर फर्किन अगावै एक जना श्रमिकको मृत्यु भयो। मृतकको नाम सरवार अली रहेको बताइएको छ।

प्रत्यक्षदर्शीहरू अनुसार राति लगभग साढ़े आठ बजी सरवार अलीले एउटा भारी अक्सीजन सिलेण्डरलाई हटाइरहेका थिए। यसै अवधि सिलेण्डर अचानक बिजुलीको तारमा गएर झऱ्यो। तारको रबर भएको भाग च्यातिएपछि सिलेण्डर बिजुली प्रवाहको सम्पर्कमा आयो अनि सरवार अली करेन्टको चपेटमा पऱ्यो। साथी श्रमिकहरूले तिनलाई तुरून्त नजिकैको एकबालपुर अस्पतालमा पऱ्याए जहाँबाट पछि एसएसकेएममा लगियो जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए।

घटनापछि कारखानामा अन्य श्रमिकवर्ग अनि तिनीहरूको परिवारले सुरक्षाको मागमा फ्याक्ट्री सामु प्रदर्शन गरे। स्थितिलाई सम्हालनको लागि घटनास्थलमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरियो। हाल श्रमिकहरूको प्रदर्शनको कारण कारखानालाई बन्द गरिएको छ।

पुलिसले घटनास्थलबाट अक्सीजन सिलेण्डर सहित केही सामानहरू जफत गरेको छ। दुर्घटनाको जाँच गर्दै पुलिसले प्रारम्भिक अनुमान व्यक्त गरेको छ, मृत्यु करेन्ट लागेर भएको हो तथापि अन्य सम्भावित कारणहरूको पनि जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande