बीएएसका महासचिव सुकान्त दास बीडब्ल्युएफ र बीएआई आयोजक समितिको सदस्य मनोनीत
बीएएसका महासचिव सुकान्त दास बीडब्ल्युएफ र बीएआई आयोजक समितिको सदस्य मनोनीत


गान्तोक, 04 सेप्टेम्बर (हि.स.)। ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बीएएस) का महासचिव सुकान्त दासलाई बीडब्ल्युएफ वर्ल्ड जुनियर ब्याडमिन्टन च्याम्पियनशिप 2025 को लागि बीडब्ल्युएफ र बीएआई आयोजक समितिको सदस्य मनोनीत गरिएको छ। दासलाई ब्याडमिन्टन एसोसिएशन अफ् इण्डिया (बीएआई) का अध्यक्ष एवं असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सदस्य मनोनीत गरेको जानकारी बीएएसले आज प्रेस विज्ञप्तिमा दिएको छ।

यस अतिरिक्त, बीएएसका दुई राष्ट्रिय अम्पायरहरू समीर गुरुङ र छिरिङ डोमा भोटिया यस च्याम्पियनशिपको लागि बीएआईको प्राविधिक अधिकारी मनोनीत भएका छन्। बीडब्ल्युएफ वर्ल्ड जुनियर ब्याडमिन्टन च्याम्पियनशिप 2025 आगामी 6 देखि 19 अक्टोबर, 2025 सम्म गुवाहाटी, असममा भइरहेको छ। 2008 पछि पहिलोपल्ट उक्त प्रतिष्ठित प्रतियोगिता भारतमा फर्किरहेको छ।

बीएएसले यसलाई संस्थाको लागि गर्वको क्षण बताउॅंदै यो मान्यता भारतीय ब्याडमिन्टनमा संस्थाको बढ्दो योगदानको प्रतीक रहेको बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande