खरसाङ, 04 सेप्टेम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका सभापति राजीव थापाको अध्यक्षतामा भयो।
सभालाई समष्टिका सचिव एवं सभासद नवराज छेत्री, खरसाङ महकुमा समितिका उप सभापति प्रेम प्रधान, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ, नारी शक्ति तीनधारे महानदी समष्टिका सभापति निरा प्रधान, विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिका सभापति सुभम प्रधाले सम्बोधन गरेका थिए।
सभा आयोजन गर्नुको मुख्य विषय आगामी 9 सेप्टेम्बरमा मङ्पूमा हुने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पाँचौं स्थापना दिवसलाई लिएर विशेष चर्चा परिचर्चा गर्नु रहेको थियो। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक गतिविधि विषयमा चर्चा परिचर्चा गरियो र पार्टीको स्थापना दिवसलाई ध्यानमा राख्दै सबैलाई आफ्नो घरमा पार्टीको झण्डा लगाउन आह्वान गरियो।
हिन्दुस्थान समाचार / हनोक