बिहार बन्दलाई लिएर एनडीए कार्यकर्ताहरू सड़कमा उत्रिए, बजार बन्द गराए
बिहार बन्दलाई लिएर एनडीए कार्यकर्ताहरू सड़कमा उत्रिए, बजार बन्द गराए


अररिया 04 सेप्टेम्बर(हि.स.)। एनडीएको पक्षबाट घोषित बिहार बन्दको प्रभाव अररिया जिल्लामा बिहानदेखिकै परेको छ। अररियामा जिल्लाध्यक्ष आदित्य नारायण झाको नेतृत्वमा अररिया शहर लगायत सम्पूर्ण जिल्लामा भाजपा कार्यकर्ताहरू बिहार बन्दलाई सफल बनाउनमा लागिपरेका छन्।

फरबिसगञ्ज विधायक विद्यासागर केशरी उपनाम मञ्चन केशरी सहित भाजपा तथा जदयूका नेताहरूले भिन्नै समूह बनाएर बजार बन्द गराउनको लागि सड़कमा उत्रिए। भाजपा नेता शम्भु साहको नेतृत्वमा सयकड़ौं कार्यकर्ताहरू सड़कमा उत्रिएर प्रतिष्ठान एवं पसलहरूलाई बन्द गराए साथै नाराबाजी गरेर बजार भ्रमण गरे। शहरी क्षेत्र सहित गाउँ-बस्तीमा पनि बजार बन्द गराउनका लागि भाजपा एवं एनडीए कार्यकर्ताहरू सड़कमा उत्रिएका छन्।

घटनास्थलमा फरबिसगञ्ज विधायक विद्यासागर केशरीले भने, दरभंगामा राहुल गान्धी र तेजस्वी प्रसादको मञ्चबाट प्रधानमन्त्री नरेन्द्र मोदीकी आमालाई गाली गरियो जसलाई सहन गर्न सकिँदैन। उनले भने, प्रधानमन्त्रीकी दिवंगत आमालाई गाली गरिनुले विपक्षी दहरूको चाल, चरित्रलाई दर्शाउँछ र यो गाली सम्पूर्ण आमाको लागि गाली हो जसको प्रतिकारस्वरूप भाजपा एवं एनडीएका घटक दलहरूका नेताहरू सड़कमा उत्रेका छन्।

भाजपाका वरिष्ठ नेता शम्भु प्रसाद साहले भने, प्रधानमन्त्रीकी आमालाई गरिएको गालीको अपमान हिन्दुसतानले सहने छैन। विपक्षी नेताहरूको यस्तो कृत्यको प्रतिकार बिहारका हरेक नागरिकले गरिरहेका छन्। उनले बन्दलाई सफल बनाउनमा व्यापारीहरूले पुऱ्याएको सहभागिताको निम्ति उनीहरूप्रति आभार प्रकट गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande