भाजपा नेताले अभिनेता अनिर्बाण भट्टचार्य र उनको ब्याण्डमाथि धार्मिक भावनालाई ठेस पुऱ्याएको आरोप लगाए
भाजपा नेताले अभिनेता अनिर्बाण भट्टचार्य र उनको ब्याण्डमाथि धार्मिक भावनालाई ठेस पुऱ्याएको आरोप लगाए


कोलकाता, 04 सेप्टेम्बर (हि.स.)। लोकप्रिय बंगाली अभिनेता अनिर्बाण भट्टचार्य र उनको हालैमा लञ्च गरिएको रक ब्याण्ड ‘हूलिगैनिज़्म’-माथि धार्मिक भावनामाथि ठेस पुऱ्याएको आरोप लागेको छ। भाजपा नेता एवं अधिवक्ता तरूणज्योति तिवारीले कोलकाता पुलिस मुख्यालय लालबजारस्थित साइबर पुलिस स्टेशनमा उनीविरूद्ध सिकायत दर्ता गराएका छन्।

तिवारीले चेताउनी दिएका छन्, यदि पुलिसले उनको सिकायतमा प्राथमिकी दर्ता गरेन भने कोलकाता उच्च अदालतमा याचिका दर्ता गर्नेछन्। उनले भने, गीत, गाना तथा राजनीतिक नेताहरूको नाम लिँदा मलाई कुनै आपत्ति छैन। तर अनिर्बाण तथा उनको ब्याण्डले सनातन धर्म अनि यसका अनुयायीहरूको उपहास गरेका छन्। यो हाम्रो धार्मिक भावनालाई ठेस पुऱ्याउने कृत्य हो। त्यसैले उनीमाथि कानूनी कारबाही हुन आवश्यक छ।

गए बुधवार राती दर्ता आफ्नो सिकायत पत्रमा भाजपा नेताले लेखेका छन्, कार्यक्रम अवधि अनिर्बाण भट्टचार्यले सनातन धर्म अनि सनातनीहरूलाई अपमान गर्ने किसिमको टिप्पणी गरे।उनले आरोप लगाए, यो कृत्य नियोजित तथा सस्तो लोकप्रियता हासिल गर्नको लागि गरिएको हो जसबाट करोड़ौं अनुयायीहरूको भावनामा ठेस पुगेको छ।

तिवारीले भने, अनिर्बाण र उनको ब्याण्डको आचरण भारतीय कानून अन्तर्गत दण्डनीय अपराध छ, किनभने यो कृत्य धर्मको आधारमा वर्ग विशेषको धार्मिक भावनालाई भड़्काउने, शान्ति भंग गर्ने तथा समाजमा वैमनस्य फैलाउने नियतले गरिएको हो। उनले पुलिससित ‘हूलिगैनिज़्म’ ब्याण्ड विशेष गरी अनिर्बाण भट्टचार्यविरूद्ध बीएनएस तथा सूचना प्रौद्योगिकी अधिनियम अन्तर्गत कड़ा कारबाही गर्ने माग गरेका छन्। यसबीच अभिनेता अनिर्बाण भट्टचार्यले यस विवादमाथि कुनै टिप्पणई गर्न अस्वीकार गरेका छन्।

स्मरण गराइन्छ, गत 31 अगस्तमा कोलकातास्थित विश्व बंगला मेला प्रांगणमा आयोजित ‘ब्याण्डस्टॉर्म’ नामक शोमा अनिर्बाणले आफ्नो नयाँ ब्याण्ड ‘हूलिगैनिज़्म’ लञ्च गरेका थिए। यस अवधि उनले ‘तुमी मस्ती करबे जानी’ शीर्षक गीत पेश गरे। ब्याण्डको गीतमा केही राजनीतिक नेताहरूको नाम उच्चारण गरियो जसमा प्रधानमन्त्रीको नाम पनि सामेल थियो। साथै गीतमा विशेष पुनरीक्षण (एसआईआर), ‘हिन्दू राष्ट्र’ औ सुप्रीम कोर्टको भुस्याह कुकुरहरूमाथि आदेश जस्ता कुराहरूको पनि उल्लेख गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande