मन्त्री लामाद्वारा राज्यपाललाई पाङ ल्हाब सोल समारोहको निमन्त्रणा
मन्त्री लामाद्वारा राज्यपाललाई पाङ ल्हाब सोल समारोहको निमन्त्रणा


गान्तोक, 04 सेप्टेम्बर (हि.स)। सिक्किम सरकारको जन स्वास्थ्य अभियान्त्रिकी विभाग, जल संसाधन एवं धर्म विभागका मन्त्री सोनाम लामाले आज राज्यपाल ओमप्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यस अवसरमा मङ्गन जिल्लाका अतिरिक्त राजनीतिक सचिव फुर्बा भोटिया पनि उपस्थित थिए।

राजभवन अनुसार, मन्त्री लामाले आगामी 7 सेप्टेम्बर, 2025 का दिन चुकलाखाङ प्यालेसमा आयोजना गरिने पाङ ल्हाब सोल समारोहमा भाग लिनका लागि राज्यपाललाई परम्परागत रूपमा निमन्त्रणा दिए। राज्यपालले निमन्त्रणालाई स्वीकार गर्दै समारोहको सफलताको लागि आफ्नो शुभकामना व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande