राज्यपालले सम्पूर्ण शिक्षकहरूलाई दिए शिक्षक दिवसको शुभकामना
om prakash mathur


गान्तोक, 04 सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले शिक्षक दिवसको पावन अवसरमा सम्पूर्ण शिक्षकहरूमा आफ्नो शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आफ्नो सन्देशमा भने, 'म सिक्किम राज्यका सम्पूर्ण शिक्षकहरूलाई हार्दिक शुभकामना एवं अभिनन्दन प्रेषित गर्दछु। यो दिन भारतका महान शिक्षाविद्, दार्शनिक एवं पूर्व राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णन जीको जयन्तीको रूपमा मनाइन्छ। उहॉंका विचारहरू र जीवन-दृष्टिले शिक्षालाई ज्ञानको माध्यमका साथै चरित्र निर्माण र राष्ट्र निर्माणको आधार बनाए।'

राज्यपालले भने, 'आज जब हामी विकसित भारत @2047 एवं सुनौलो, समृ​द्ध अनि समर्थ सिक्किमको साझा लक्ष्यका साथ अगाडि बढिरहेका छौं। यो सपनालाई साकार रूप प्रदान गरिरहेका शिक्षकहरूलाई नमन गरौं। सबै शिक्षकगण समाजका प्रकाशस्तम्भ हुन्, जसले पुस्तादेखि पुस्तासम्म संस्कार, ज्ञान र विवेक प्रदान गर्दै आइरहेका छन्।'

राज्यपालले शिक्षालाई एउटा अझ सशक्त, समावेशी र नैतिक माध्यमको रूपमा अपनाउॅंदै यस्तो भारतको निर्माण गर्ने संकल्प लिन अनुरोध गरेका छन्, जुन सशक्त र समावेशी हुनुका साथै आधुनिकता र संस्कृतिको पनि अद्भुत संगम होस्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande