जीएसटीमा बदलावलाई लिएर प्रधानमन्त्री मोदीले लेखे- आम जनको निम्ति राहत र अर्थव्यवस्थाको मजबूतीको कदम
जीएसटीमा बदलावलाई लिएर प्रधानमन्त्री मोदीले लेखे- आम जनको निम्ति राहत र अर्थव्यवस्थाको मजबूतीको कदम


नयाँ दिल्ली, 04 सेप्टेम्बर (हि.स.)। आर्थिक सुधारहरूलाई नयाँ दिशा दिने उद्देश्यले जीएसटी दरहरूमा बदलावलाई लिएर जीएसटी काउन्सिलको फसेलाहरूमा प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गरेका छन्। यस अगाड़ी जीएसटी काउन्सिलले 12 र 28 प्रतिशतको स्ल्याबलाई समाप्त गर्ने फसेलमा सर्वसम्मतिले मोहर लगायो।

यसलाई लिएर प्रधानमन्त्री मोदीले सोशल मीडिया प्लेटफार्म एक्समा लेखेका छन्, आफ्नो स्वतन्त्रता दिवस भाषणमा उनले जीएसटीमा सुधारबारे कुरा गरेका थिए। जीएसटी दरहरूमा बदलावले आम जन, किसान र मध्यम वर्गलाई सोझो लाभ पुग्नेछ। यो फसेला महंगाईसित जुझिरहेका आम जनको निम्ति राहत दिने र अर्थव्यवस्थालाई मजबूत बनाउने कदम प्रमाणित हुनसक्छ।

आफ्नो पोस्टमा उनले लेखेका छन्, आम जनको जिन्दगी सहज बनाउने र अर्थव्यवस्थालाई मजबूत बनाउने उद्देश्यको साथ केन्द्र सरकारले जीएसटी दरहरूलाई युक्तिसंगत बनाउने विस्तृत मस्यौदा तयार पारेको थियो। केन्द्र र राज्यहरूको जीएसटी परिषदले जीएसटी दरहरूमा कटौती र सुधारहरूमा केन्द्र सरकारको मस्यौदामा सामूहिक स्वीकृति दिएकोमा उनले खुशी व्यक्त गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande