जीएसटी सुधार स्वास्थ्य क्षेत्रको निम्ति सकारात्मकः जेपी नड्डा
नड्डा


नयाँ दिल्ली, 04 सेप्टेम्बर (हि.स.)। जीएसटी परिषदको 56औं बैठकमा बुधवार एतिहासिक फसेला लिइयो, जस अन्तर्गत 12 प्रतिशत र 28 प्रतिशतको ट्य़ाक्स स्ल्याबलाई समाप्त गरियो। अब केवल दुई स्ल्याब 5 र 18 प्रतिशत नै रहनेछ। यसका साथै स्वास्थ्य क्षेत्रलाई ठूलो राहत दिइएको छ। भाजपा अध्यक्ष एवं केन्द्रिय स्वास्थ्य मन्त्री जेपी नड्डाले जीएसटी सुधारहरूको स्वागत गर्दै स्वास्थ्य क्षेत्रको निम्ति यसलाई सकारात्मक बताएका छन्।

बिहिवार एक्समा साझा गरिएको आफ्नो सन्देशमा जेपी नड्डाले भनेका छन्, प्रधानमन्त्री मोदीको नेतृत्वमा जीएसटी सुधार जन-प्रथम र स्वास्थ्य-सकारात्मक छ। दवाईहरू, उपकरणहरू र डायग्नोस्टिक्समा जीएसटी कम छ। चश्मा सस्तो भएको छ। स्वास्थ्य क्षेत्रको निम्ति सकारात्मक हो। यसले सरकारको स्वास्थ्य क्षेत्रको निम्ति प्राथमिकतालाई दर्शाउँ।

उनले भने, प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वमा केन्द्र सरकारले निरन्तर विकास र प्रगतिलाई गति दिनका लागि भावी पीढ़ीको जीएसटी सुधारहरूको घोषणा गरेको छ। धेरै आवश्यक उत्पादहरूमा कम करले जीवनयापनलाई सहज बनाउनेछ, परिवारहरूलाई लागत प्रबन्धनमा मद्दत गर्नेछ र विभिन्न क्षेत्रहरूलाई राहत प्रदान गर्नेछ। साथै यो सुधार व्यापार गर्नमा सहजतालाई मजबूत बनाउनेछ र देशभरिका साना व्यवसायहरूलाई सशक्त बनाउनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande